
काठमाडौँ- ‘क्वालिफायर’ को लक्ष्यमा रहेको सुदूरपश्चिमले पोखराविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।
प्रतियोगितामा ५ खेलबाट ८ अङ्क बनाएको सुदूरपश्चिमले दुई खेल खेल्न बाँकी छ। यस्तोमा आफ्नो अन्तिम खेल अघिनै सुदूरपश्चिम ‘क्वालिफायर’ मा पुग्ने लक्ष्यमा छ।
दुबै खेलमा फराकिलो अन्तरले पराजित नभए सुदूरपश्चिमको प्लेअफ पक्का छ। आइतबारको दोस्रो खेलमा प्लेअफबाट बाहिरिसकको पोखराले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम ब्याटिङका लागि मैदान उत्रिन लागेको हो।
पोखरा एभेन्जर्स प्लेइङ ११:
आन्द्रेस गौस, दिनेश खरेल, कुशल भुर्तेल, रेमोन रेइफर, दिलिप नाथ, सुदिप अर्याल, माइकल लिस्क, नारायण जोशी, विपिन खत्री, सागर ढकाल, आकाश चन्द, जेन मलिक
सुदूरपश्चिम रोएल्स प्लेइङ ११:
विनोद भण्डारी, सैफ अली जैब, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, इशान पाण्डे, नरेश बुढाएर, स्कट कुगेलेइन, नरेन साउद, हर्मीत सिंह, अविनाश बोहरा