
‘क्वालिफायर’ को लक्ष्यमा सहित पहिलो ब्याटिङ गरिरहेको सुदुरपश्चिम १ सय ११ रन जोड्दा ५ विकेट गुमाउन पुगेको छ।
७० रन जोड्दा ४ विकेट गुमाएको सुदुरपश्चिमका लागि दिपेन्द्रसिंह ऐरी र आरिफ शेखदे पाँचौ विकेटका लागि ४१ रनको साझेदारी गर्दै टिमलाई केही समय समाले।
ऐरी १६ बलमा २० रन बनाएर आउट हुँदा शेख २७ रन बनाएर खेलिरहेका छन्। त्यसअघि बिनोद भण्डारीले १४ रन बनाउँदा ब्रान्डन म्याकुलमले २३ रन बनाएका थिए।
त्यस्तै हर्मित सिंह १३ रनमा आउट भए। पोखराका लागि कुशल भुर्तेलले २ विकेट लिंदा रेमन रेइफर, सागर ढकाल र माइकल लिस्कले समान १-१ विकेट लिएका छन्। अहिले १५ ओभरको समाप्तीमा सुदुरपश्चिमले ५ विकेटको क्षतिमा १ सय १९ रन बनाएको छ।