पोखरालाई पराजित गर्दै अन्तिम खेलअगावै सुदूरपश्चिम ‘क्वालिफायर’मा

पोखरालाई पराजित गर्दै अन्तिम खेलअगावै सुदूरपश्चिम ‘क्वालिफायर’मा
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिगअन्तर्गत आफ्नो छैटौं खेलमा सुदूरपश्चिमले पाँचौं जित निकाल्दै अन्तिम खेल बाँकी हुँदै ‘क्वालिफायर’ मा स्थान बनाएको छ। आइतबार भएको खेलमा सुदूरपश्चिमले पोखरालाई ५ रनले पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा अलआउट हुँदै १ सय ४८ रनमा समेटियो।

उसका लागि आन्द्रे गौसले ३६ रन बनाउँदा रेमन रिफरले ३३ रन बनाए। त्यस्तै, किरन ठगुन्नाले ३२ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा दिनेश खरेलले १५ रन बनाएका थिए। सुदूरपश्चिमका लागि स्कट कुग्लिङ्गले ५ विकेट लिँदा हर्मित सिंहले २ विकेट लिए। त्यस्तै, साइफ जाइबले १ विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको स्कोर तयार गरेको थियो।

सुदूरपश्चिमले खराब सुरुवातबीच मध्यक्रम सम्हालिँदा प्रतिस्पर्धात्मक स्कोर बनाउन सफल भयो। सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रनको अविजित इनिङ्स खेले। उनले ३८ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरेका थिए।

७० रन जोड्दा ४ विकेट गुमाएको सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखदे पाँचौं विकेटका लागि ४१ रनको साझेदारी गर्दै टिमलाई समालेका थिए। ऐरी १६ बलमा २० रन बनाएर आउट भएका थिए। त्यसअघि विनोद भण्डारीले १४ रन बनाउँदा ब्रान्डन म्याकमुलनले २३ रन बनाएका थिए। त्यस्तै, हर्मित सिंह १३ रनमा आउट भए।

पोखराका लागि कुशल भुर्तेलले २ विकेट लिँदा रेमन रेइफर, सागर ढकाल र माइकल लिस्कले समान १–१ विकेट लिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?