रहेनन् काठमाडौंका पूर्वमेयर पीएल सिंह

रहेनन् काठमाडौंका पूर्वमेयर पीएल सिंह
+
-

काठमाडौं- काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ ।

२०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका सिंहको आज बिहान चाक्सीबारीस्थित निवासमा निधन भएको हो ।

लामो समयदेखि अस्वस्थ रहेका ८५ वर्षीय सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो ।

उनको फोक्सोमा समेत समस्या थियो। उनी पूर्वमन्त्रीसमेत रहेका थिए ।

नेपाली काँग्रेसका संस्थापक नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहका प्रमुख सहयोगी भएर उनले काम गरेका थिए ।

काँग्रेसले पछिल्लो समय लिएको नीतिप्रति उनले असहमति राख्दै आएका थिए ।

२०६३ सालको आन्दोलनपछि राजनीतिक दलको दवावमा राजाले पुनःस्थापित गरेको प्रतिनिधिसभाका २०५ सदस्यमध्ये कृष्णप्रसाद भट्टराई र पीएल सिंहले शपथ लिन अस्विकार गरेका थिए। 

उनको पार्थीव शरीरको अन्तिम संस्कार आजै कंकेश्वरीघाटमा गरिने पारीवारिक स्रोतले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?