
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) को लिगचरणको अन्तिम खेलमा सुदूरपश्चिमविरुद्ध कर्णालीले खराब सुरुवात गरेको छ।
प्लेअफमा पुग्ने सम्भावना बिच जित्नु पर्ने दबाबमा रहेको कर्णाली टस हारेर ब्याटिङ गरिरहेको छ। उसनले २९ रन जोड्दा आफ्ना महत्वपूर्ण ३ विकेट गुमायो।
सुदुरपश्चिमले पावर प्लेमा केवल ३५ रन मात्र बनाएको छ। सुरुवातबाटै दबाबमा परेको कर्णाली जित्नै पर्ने खेलमा खराब सुरुवातको सिकार भयो।
कर्णालीका लागि बाबहर हायतले १३ रन बनाउँदा ऋत गौतम शून्य रनमा आउट भए। त्यस्तै देव खनाल ७ रनमा रनआउट हुँदा कर्णाली सुरुवातमै दबाबमा परेको हो।
सुदुरपश्चिमका लागि हर्मित सिंह र स्कटक कुगुलिङ्गले समान १-१ विकेट लिए।