
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) को लिगचरणको अन्तिम खेलमा सुदूरपश्चिम विरुद्ध कर्णालीले १ सय २ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय १ रन मात्र बनाउन सक्यो। कर्णालीका लागि जेसन मक्सुदले ३० रन बनाउनु सर्वाधिक रह्यो।
उनी बाहेक विलय बोसिस्टोले १६ रन बनाउँदा चाडविक वाल्टनले ११ रन बनाए।
त्यस्तै बाबर हायतले १३ रन बनाउँदा सोमपाल कामीले ११ रन बनाएका थिए।
कर्णालीलाई सस्तैमा समेट्ने क्रममा हर्मित सिंहले ३ विकेट लिंदा स्कट कुगेलिङ्ग र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए। अर्को एक विकेट सादबिन जफरको नाममा रह्यो।
सुदूरपश्चिमले यो लक्ष्य ७.३ ओभरमा चेन्ज गरे काठमान्डु प्लेअफमा पुग्ने छ भने कर्णाली बाहिरिने छ।