
काठमाडौं- सोमबार बिहान निधन भएका पूर्वमन्त्री पिएल सिंहलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित प्रमुख नेताहरू पार्टी कार्यालयमा पुगेका छन्।
काठमाडौंका पूर्वमेयर समेत रहेका उनलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवासहित महामन्त्री गगन थापा, रमेश लेखक, विमलेन्द्र निधी, अर्जुननरसिंह केसी, शशांक कोइराला, प्रकाशमान सिंह, प्रदीप पौडेललगायतका प्रमुख नेताहरू पुगेका थिए।
कांग्रेसको राजनीतिमा महत्त्वपूर्ण भूमिका रहेका उनले गणेशमान सिंहसँग निकट रही काम गरेका थिए। यद्यपि, २०६३ पछि भने उनी कांग्रेसको सक्रिय राजनीतिबाट टाढिएका थिए।
लामो समयदेखि अस्वस्थ रहेका ८५ वर्षीय सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो। उनको फोक्सोमा समेत समस्या थियो।
उनको पार्थीव शरीरको अन्तिम संस्कार आजै कंकेश्वरीघाटमा गरिने पारीवारिक स्रोतले जानकारी दिएको छ।
सिंह २०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए।
तस्बिरहरू: