
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘एलिमिनेटर’ चरणको जारी खेलमा खेलमा कर्णालीका लागि ओपनर जयकिशन कोल्सवालाले अर्धशतक पुरा गरेर आउट भएका छन्।
उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५३ रनको अर्धशतकिय इनिङ खेल्दै आउट भए। उनलाई रभि बोपराले सदर भेषवाकर द्वारा आउट गरेका थिए। कोल्सवाला र विलियम बोसिस्टोले तेस्रो विकेटका लागि ५९ रनको साझेदारि गरे।
अहिले क्रिजमा बोसिस्टो २७ रन बनाएर खेलिरहँदा उनलाई साथ दिन गुल्सन झा क्रिजमा आएका छन्। त्यसअघि चितवन विरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीलाई ३५ रन जोड्दा २ विकेट गुमाएको थियो।
दोस्रो विकेटका रुपमा जेसन मक्सुद १२ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १४ रन बनाएर आउट भए। उनलाई सरद भेषवाकरले रञ्जित कुमारद्वारा क्याचआउट गराएका थिए।