
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेश भिडन्तमा जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य पछ्यएको सुदुरपश्चिमले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेको छ।
राम्रो सुरुवात गरेको सुदुरपश्चिमका लागि ७.३ ओभरमा ओपनर साइफ जैब २१ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३२ रनमा आउट भए।
अहिले क्रिजमा बिनोद भण्डारीले २३ रन बनाएर खेलिरहँदा उनलाई साथ दिन ब्रन्डन म्याकमुलम क्रिजमा आएका छन्। जैबलाई किशोर महतोले जिमी निसमद्वारा क्याचआउट गराए।