
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सविरुद्ध ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सले सातौं विकेट गुमाएको छ।
जनकपुरले ९६ रन जोड्दा सातौंँ विकेटको रुपमा मोहम्मद मोसिनलाई गुमाएको हो। उनलाई कर्णालीका विपिन शर्माले आउट गरे।
यसअघि जनकपुरले ९४ रन जोड्दा जिम्मी निसमलाई ४५ रनमा गुमाएको थियो। उनलाई पनि विपिनले नै आउट गरेका थिए।
जनकपुरले ५८ रन जोड्दा पाँचौं विकेटको रुपमा हर्ष थाकरलाई गुमाएको थियो। उनी रनआउट भएका थिए। चौथो विकेटको रुपमा आकाश त्रिपाठी आउट भएका थिए। उनलाई जिशन मक्सुदले आउट गरेका थिए।
तेस्रो विकेटको रुपमा जनकपुरले लाहिरु मिलान्थालाई गुमाएको थियो। उनलाई कर्णालीका विलियम बसिस्टोले आउट गरे।
कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले दोस्रो ओभरको तेस्रो बलमा शुभ कंसाकारलाई पहिलो विकेटको रुपमा गुमाएको थियो। उनलाई कर्णालीका विपिन शर्माले गरे।
यस्तै, तेस्रो ओभरको तेस्रो बलमा कर्णालीका कप्तान सोमपाल कामीले आशिफ शेखलाई आउट गरेका थिए।
आज जित हात पार्ने टोलीले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।