रोमाञ्चक खेलमा कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा

रोमाञ्चक खेलमा कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई अन्तिम ओभर बाँकी हुँदा २ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

अब फाइनलमा जनकपुरले सुदूरपश्चिमको सामना गर्नेछ। जारी प्रतियोगतामा यो जनकपुर र सुदूरपश्चिमबीच तेस्रो भिडन्तका रुपमा रहनेछ।

रोमाञ्चक खेलमा लगातार विकेट गुमाएर दबाबमा रहेको जनकपुरलाई जिमी निसमले १७ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४५ रन बनाउँदै खेलमा फर्काएका थिए। तर, निसम आउट भएपछि दबाबमा देखिएको जनकपुरले मयन यादवको १४ रन र शेर मल्लको अविजित १६ रनको इनिङ्समा अन्तिम ६ बल बाँकी हुँदै जित आत्मासाथ गर्‍यो।

त्यसअघि १ सय १९ रनको लक्ष्य पछ्याएको जनकपुरका लागि आकाश त्रिपाठीले १३ रन बनाउँदा हर्ष थकरले १७ रन बनाएका थिए। अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन।

कर्णालीका लागि ट्यालेन्ट हन्टबाट आएका युवा स्टार विपिन शर्माले ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिएर टिमलाई खेलमा कायम राखेका थिए। त्यस्तै, सोमपाल कामी, विलियम बोसिस्टो र जेसन मक्सुदले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो।

कर्णालीका लागि गुल्सन झाले २५ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक देव खनाल २४ रन बनाउँदा जिसन मक्सुद र युनिस ठकुरीले १२–१२ रन बनाए। त्यस्तै, विलिय बासिस्टो १४ रनमा आउट हुँदा चाडविक वाल्ट ११ रनमा पेभिलियन फर्किएका थिए। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

जनकपुरका लागि ललित राजवंशी र मोहम्मद मोहसिनले समान २ विकेट लिँदा हर्ष थकर, जिमी निसम र शेर मल्लले समान १ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?