
पोखरा- सहकारी ठगी प्रकरणमा कास्की हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको हिरासतभित्रको फोटो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले बिहीबार छानबिन समिति गठन गरेको छ।
प्रहरी प्रधान कार्यालयले गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख तथा वरिष्ठ उपरीक्षक (एसएसपी) मुकुन्द मरासिनीको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको हो। रास्वपामा एक समर्थक डा. निकोलस भुसालले लामिछानेको तस्बिर आफूले सार्वजनिक गरेको बताएका थिए।
गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई लामिछानेको तस्बिर सार्वजनिक घटनामा संलग्नको अनुसन्धान र कारबाहीको निर्देशन दिएका थिए।