एनपिएल फाइनलका यी पाँच विशेषता, जसले बनाउनेछ दर्शकलाई रोमाञ्चक

एनपिएल फाइनलका यी पाँच विशेषता, जसले बनाउनेछ दर्शकलाई रोमाञ्चक
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको फाइनल आज हुँदैछ। प्रतियोगितामा लिग चरण र प्लेअफका ३१ खेलपछि हुन लागेको फाइनल खेलमा सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। एनपिएल फाइनल पुगेसँगै दुवै टिमले जित्ने दाबी गरिरहेका छन्। यी दुई टिमबीच मध्यान्ह प्रतिस्पर्धा हुँदै गर्दा फाइनलमा हुने केही फरकपनले रोमाञ्चक बनाउने पक्का छ।

एनपिएलको पहिलो फाइनल अघि अनेकन टिप्पणीहरू सतहमा आएका छन्। आफ्नो टिमको समर्थन गर्दै गर्दा नश्लीय चिन्तन समर्थकमा हाबी भएको र क्रिकेटको भाइचाराको यो खेललाई विवादमा तान्न प्रयास भएको भनेर आलोचना भएका छन्। सुदूरका समर्थकहरु तुलनात्मक रुपमा उग्र देखिँदा आज टियू मैदानमा दर्शकसँगै प्रहरीको पनि उच्च परिचालन हुनेछ। खेल सुरु हुनु दुई घन्टा अघिनै भिआइपीहरूलाई मैदान प्रवेश गरिसक्न भनिएको छ।

साथै दर्शकहरुको चहलपहल बिहानैबाट सुरु भइसकेको छ। यस्तोमा फाइनलको स्वभाविक प्रतिस्पर्धामा यी पाँच विशेषता ‘बोनस’का रुपमा रहने छ। जसले टिमको प्रतिस्पर्धासँगै रोमाञ्चक्तालाई हेर्ने फरक आधार प्रस्तुत गर्न सकिन्छ।

शेख दाजुभाइ भिडन्त

शुक्रबारदेखि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल छ। आसिफ र आरिफ शेखका आमा बुबाले दुबै छोराको जर्सी बोकेको तस्बिरमा धेरै मानिसहरु ‘इन्गेज’ भएका छन्। कतिपयलाई यो तस्बिरले सहिष्णुता र एकताका रुपमा व्याख्या गरेका छन्। कतिपयले खेलकुदको विषेशताका रुपमा टिप्पणी गरेका छन्। बुबाले आसिफको र आमाले आरिफको टिसर्ट बोक्दै दुवै छोराहरुलाई जितको कामना गरेका छन्। एक अर्थमा जसले जिते पनि घरमा ट्रफी आउने पक्का छ। एउटाले ‘गोल्ड’ र अर्काले ‘सिल्भर’ मेडल घाँटीमा भिरेर दुवै छोरा घर पुग्ने छन्।

यी दाजुभाई नेपाली क्रिकेटमा धेरै पटक सँगै खेलेका छन् भने एक अर्काविरुद्ध पनि भिडेका छन्। उनीहरूले नेपालको राष्ट्रिय टिमबाट पनि सँगै खेलिसकेका छन्। आफ्नो टिमलाई उपाधि दिलाउन सहयोग गरेका छन् र एकै टिमबाट ट्रफी उचालेको इतिहास पनि छ। तर यसपटक एनपिएलमा फरक टिमबाट खेलेका दाजुभाइ दुवैको टिम फाइनल पुग्दा दाजुभाइको समर्थनमा समर्थक बाँडिएका छन्।

भाइ आसिफले पछिल्लो दुई खेलयता जनकपुरको कप्तानी नै गरिरहेका छन्। उनी जनकपुरको मार्की खेलाडी पनि हुन्। उता दाइ आरिफ भने सुदूरपश्चिम टिममा छन्। एक पटक आसिफले दाजुभाइको सम्बन्धका विषयमा भनेका थिए ‘हामी यति नजिक छौं कि मैले कमाएको सबै पैसा दाजु आरिफलाईनै दिन्छु। अनि खर्च गर्नु पर्दा दाजुले मलाई पैसा दिनुहुन्छ। दाजुले सबै परिवार र व्यवहार पनि सम्हाल्नु हुन्छ। हामी जे गर्छौं सँधै सँगै गर्दै आएका छौं।’

फाइनलका अघि दाजुभाइ भिड्दै हुनुहुन्छ भन्ने प्रश्नमा आसिफ भन्छन् ‘दाजुभाई हामी घरमा हुन्छौँ । क्रिकेटमा आइसकेपछि निश्चय पनि प्रोफेसनल छौँ र कुनै पनि कुरा सेयर हुँदैन। शतप्रतिशत टिमका लागि सोच्छौं र खेल्छौं।’

नेपाली क्रिकेटका सफल प्रशिक्षक पुवुदु र टमाटाको फाइनल परिक्षण

नेपाली क्रिकेट विकासमा आफ्नो जीवनको अधिकांश समय खर्चिएका नेपाली प्रशिक्षक जगत टमाटा र नेपाललाई डिभिजन स्तरदेखि विश्वकप खेल्दासम्मका साक्षी पुवुदु दशानायकेले जारी एनपिएल फ्रेन्चाइजमा अलग-अलग टिमको नेतृत्व गरेका छन्। नेपाली समर्थकहरुले सर्वाधिक रुचाएका यी दुई प्रशिक्षकको सालिन शैली नेपाली क्रिकेटमा सँधै चर्चामा रहन्छ। आजको फाइनलमा यी दुई प्रशिक्षकको भिडन्तका रुपमा समेत प्रतिक्षित छ।

श्रीलंकन मूलका क्यानडियन पुबुदुले दुई पटक नेपालको राष्ट्रिय टिम सम्हालेका थिए भने पछिल्लो पटक नेपाल अमेरिका टुरमा हुँदा नेपाली टिमको मेन्टर रहेर टिम सम्हाले।  संयोगवश त्यो टुरमा टमाटा पनि कन्सलट्यान्ट प्रशिक्षक थिए। टमाटाले पनि नेपाली राष्ट्रिय टिमलाई पटक-पटक सम्हालेका छन्। पुबुदुकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा टी२० विश्वकप खेलेको थियो।

टमाटा नेपाली क्रिकेटका धरोहर हुन उनले सिनियर पुरुष र महिला टिमदेखि उमेर समूहका टोलीलाई समेत प्रशिक्षण गराएका छन्। पुबुदु र टमाटालाई एक अर्कालाई समान पूर्वक हेर्छन। अनि एकअर्काबारे जानकार पनि छन्। त्यसैले दुवै प्रशिक्षकको फाइनल रणनिति रोमाञ्चक हुने आँकलन गरिएको छ।

ट्रफीको अलग महत्व तर ५९ लाखको खेल

त्यसो त विजेताका लागि प्रतियोगितामा कति रकम भन्दा पनि ट्रफीको महत्व अलग हुने गर्छ। यो पटक ट्रफी अझ विशेष बनाइएको छ। ‘फेस्टिबल अफ हिमालयज’को उपमा दिएको यो प्रतियोगिताको ट्रफी पनि फरक प्रकारले डिजाइन गरिएको छ। अर्थात सगरमाथाको उचाइलाई सांकेतिक आधार मानेर ८८४८ एमएम उचाइ भएको ट्रफीमा कालापथ्तरको ढुंगा राखिएको छ। यसले ट्रफीको महत्वलाई थप उचाइ दिएको छ।

ट्रफी बाहेक पनि रकमका हिसाबले पनि यो खेल दर्शक र समर्थकको नजरमा परेको छ। फाइनल खेल यसअर्थमा पनि रोमाञ्चक छ कि यो खेल जित्ने टिमले ५९ लाख बढी अर्थात १ करोड १० लाख पुरस्कार प्राप्त गर्ने छ। तर पराजित भएमा ५९ लाख रकम गुमाउने छ। अर्थात दोस्रो हुने टिमले ५१ लाख मात्र प्राप्त गर्ने छ। रकमका हिसाबले समेत यो खेल दुवै टिमका लागि अर्थपूर्ण हुने छ। कतिपय ठूला प्रतियोगिता सम्पन्न गर्न सकिने रकम हार जित हुने भएकाले पनि प्रतिष्ठाका रुपमा दुवै टिमका लागि फाइनल रहने छ।

प्रतियोगिताको विजेताले १ करोड १० लाख प्राप्त गर्दा उपविजेताले ५१ लाख पाउने छन्। यसको अर्थ सुदूरपश्चिम र जनकपुरबीचमा यो शीर्ष रकमको लागि प्रतिस्पर्धा हुने छ। प्रतियोगितामा कर्णाली याक्स तेस्रो भएर पच्चिस लाख पक्का गर्दा चौथो बनेको चितवन राइनोजले १५ लाख जितेको छ।

पहिलो पटक ‘कार’ मा पनि दर्शकको नजर

त्यसो त यो प्रतियोगितामा अर्को सर्वाधिक प्रतिक्षित विषय भनेको उत्कृष्ट नेपाली खेलाडीले प्राप्त गर्ने कारको समेत दर्शकमा तिब्र प्रतिक्षा छ। आ-आफ्नो समर्थन गरेको टिमका स्टार खेलाडीले पुरस्कार पाउनु पर्ने दाबी सामाजिक सञ्जालमा ब्यापक छ। आ-आफ्ना मतहरु सबैका छन्। प्लेअर अफ दी सिरिज बन्ने नेपाली खेलाडीले ओमोडा ई-५ इलेक्ट्रोनिक कार पुरस्कार पाउने छन्।

६२ लाख ५० हजार  बढी मुल्यको ओमोडा ५ का लागि सुदुरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरी र जनकपुर बोल्ट्सका बलर ललित राजवंशी मैदानमा सबैभन्दा अगाडी छन्। सम्भवतः आजको खेलमा हुने निर्णायक प्रदर्शनले यो मूल्यवान कारको मालिकको तय हुने छ। त्यसमा पनि दर्शकको नजर रहने छ।

जनकपुरलाई ‘राँगो छिन्ने’ विश्वास 

जारी एनपिएलमा ‘एल क्लासिको’ को उपमा पाएका जनकपुर जायन्ट्स र सुदुरपश्चिम रोयल्सबीचको खेल फाइनलमा गरी तेस्रो पटक हुन लागेको छ। अघिल्लो दुई भिडन्तमा सदुरपश्चिमले बाजी मारेकाले तेस्रो पटक जित्ने लक्ष्यमा सुदूरपश्चिम छ। यस्तोमा जनकपुरका समर्थक भने तीन चोटीमा ‘राँगो पनि छिन्छ’ भन्ने नेपाली मानयतालाई जनकपुरले चरितार्थ गर्नेमा विश्वस्त छन्। सुदूरपश्चिमसँग दुई चोटी हारेको जनकपुर तेस्रो चोटीमा त कसो नजितिएला भनेर लाग्दा यो खेल स्वभाविक रुपमा वहुप्रतिक्षित बनेको छ।

यो खेल कति प्रतिक्षित छ भन्ने उदाहरण टिकट बिक्रीलाई पनि मान्न सकिन्छ। क्वालीफायरबाट फाइनल पुग्ने टिमको टुंगो भएसँगै फाइनलका लागि टिकट विक्री खुल्ला भएको केही घन्टामै टिकट ‘सोल्ड’ आउट भएको थियो। कतिपय समर्थकहरुको साइट नखुल्दै या ‘रिफ्रेस’ गर्दा गर्दै टिकट सोल्डआउट भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?