
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिमले जनकपुरलाई उपाधि जित्न १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८४ रन बनायो। सुदूरपश्चिमले सानदार सुरुवात गर्दै पहिलो विकेटका लागि १ सय १७ रनको साझेदारी गरेको थियो।
तर मध्य र पछिल्लो क्रमले सोही लयलाई निरन्तरता दिन नसक्दा २ सय रनको आँकडा भने पूरा गर्न सकेन। सुदूरपश्चिमका लागि ओपनर साइफ जाइबले सर्वाधिक ६९ रन बनाए।
उनले ४३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाएका थिए।
उनले १ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै थप दोहोरो स्कोरका रुपमा ब्रान्डन म्याकमुलमले १४ रन बनाउँदा हर्मित सिंहले १४ रन बनाए।
त्यस्तै स्कट कुग्लिङ १३ रनमा आउट भए। जनकपुरका लागि मोहमद मोहसिन र किशोर महतोले समान ३-३ विकेट लिंदा जेमी निसम र ललित राजवंशीले १-१ विकेट लिएका थिए।