एनपिएलको च्याम्पियन बन्यो जनकपुर

एनपिएलको च्याम्पियन बन्यो जनकपुर
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। जनकपुरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको सुदूरपश्चिम रोयल्सलाई ४ बल बाँकी हुँदै ५ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो।

जितसँगै जनकपुरले यसअघि समूह चरण र क्वालिफायरमा सुदूरपश्चिमसँग भोगेको दुई हारको मिठो बदला लिँदै च्याम्पियन बन्यो। च्याम्पियन बनेको जनकपुरले १ करोड १० लाख प्राप्त गरेको छ। फाइनलमा हारेको सुदूरपश्चिमले ५१ लाखमा चित बुझाउनु पर्‍यो।

टियू मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा जनकपुरले उक्त लक्ष्य १९.२ ओभरमा ५ विकेट गमाएर पूरा गर्‍यो।

जनकपुरका लागि ओपनर लाहिरु मिलन्थाले ८७ रनको विष्फोटक इनिङ्स खेले। उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए। त्यस्तै, आसिफ शेखले ३३ रन बनाउँदा हर्ष थकरले ३० रन बनाएर अविजित रहे।

सुदूरपश्चिमका लागि स्कटक कुग्लिङ, साइफ जाइब, इशान पाण्डे र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८४ रन बनाएको थियो।

सुदूरपश्चिमले पहिलो विकेटका लागि १ सय १७ रनको सानदार साझेदारी गर्दा मध्य र पछिल्लो क्रमले सोही लयलाई निरन्तरता दिन नसक्दा दुई सय रनको आँकडा छुन असफल भएको थियो।

सुदूरपश्चिमका लागि ओपनर साइफ जाइबले सर्वाधिक ६९ रन बनाए। उनले ४३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै, अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाएका थिए। उनले १ चौका र ३ छक्का प्रहार गरेका थिए।

त्यस्तै, थप दोहोरो स्कोरका रुपमा ब्रान्डन म्याकमुलमले १४ रन बनाउँदा हर्मित सिंहले १४ रन बनाए। त्यस्तै, स्कट कुग्लिङ १३ रनमा आउट भए।

जनकपुरका लागि मोहमद मोहसिन र किशोर महतोले समान ३–३ विकेट लिँदा जेमी निसम र ललित राजवंशीले १–१ विकेट लिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?