
अ
+
अ
अ
-
गत साउनदेखि मंसिरसम्म पाँच महिनामा मात्र कामको खोजीमा ३ लाख १७ हजार युवा विदेश पसेका छन्। मंसिरमा मात्र ८३ हजार ९ सय ३३ जना युवा कामको खोजीमा ९६ देश पुगेको तथ्यांक वैदेशिक रोजगार विभागसँग छ।
मंसिरमा व्यक्तिगत र संस्थागत गरी ७० हजार ५ सय पुरुष र १३ हजार ४ सय ३३ जना महिला वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर ९६ देश पुगेको विभागले जानकारी दिएको छ। गत वर्षको मंसिरमा ७१ हजार २७६ जना वैदेशिक रोजगारीमा गएका थिए। गत वर्षको तुलनामा यस वर्ष १२ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका हुन्।
गत साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार २ सय ३४ र कात्तिकमा ७० हजार ९ सय ९० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगारीमा गएकामध्ये ८५ प्रतिशतभन्दा बढी खाडीदेश गएको पनि तथ्यांक छ।