काठमाडौँ- देशसञ्चार चौतारीको यसपटकको अंकमा अतिथि छन्- भर्खरै नेपाल प्रिमियर लिग सफलतापूर्वक सम्पन्न गरेर बधाई खाइरहेका पूर्व क्रिकेट क्याप्टेन तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्का।
कुनै योजनाबिना क्रिकेटर बन्न पुगेका पारसले स्कुल टुर्नामेन्ट खेलेयताका २५ वर्षमा थुप्रै सफलताका स्वादहरु चाखे। पछिल्लो समयमा उनी व्यवस्थापनको भूमिकामा छन् र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा लोकप्रिय बनाउन लागिपरेका छन्।
‘यो देशमा साधारण किसिमले काम गर्दा पनि मानिसले जादु भन्ठान्दा रहेछन्, हामी एकदमै अल्छी छौँ, रिजल्ट्स् ल्याउन जे काम हो त्यसमा हन्ड्रेड पर्सेन्ट दिनुपर्छ,’ उनले अन्तर्वार्ताका क्रममा भने।
देशसञ्चार चौतारीका क्रममा एनपिएलको अर्थ सोध्दा पारसले भने- ‘अब क्षेत्रीय झन्डाहरु बोकेर देशभरिका मान्छेहरु रमाइरहेका छन्, क्रिकेटलाई आफ्नोपना दिइरहेका छन्, क्रिकेटको माहौल क्रिएट भएको छ, पूर्वाधारहरु राम्रो बनाउँदा क्रिकेटले राम्रो स्पोर्टस् कल्चर बनाउनसक्छ।’
नेपाली क्रिकेटलाई दर्शकको ठूलो साथ रहेको जसले नेपाली क्रिकेटलाई यति अघि बढाउन मदद्त गरेको भन्न हिच्किचाउँदैनन् पारस। ‘जनमासले नै गर्दा नेपाली क्रिकेटको यति ठूलो क्रेज बनेको हो,’ उनले भने।
उनले बेलायतको लर्डर्समा २०१६ मा नै सोमबारको दिनमा ५ हजार नेपाली खेल्न आएको पनि स्मरण गरे पारसले। ‘ड्यालसमा पनि ठूलो संख्यामा नेपालीको समर्थन रह्यो,’ उनले भने।
उनले क्रिकेटले नेपालको सामाजिक तथा आर्थिक क्षेत्रमा पनि ठूलो योगदान दिने उनले बताए। ‘सबैलाई साथ लिएर हामी अघि बढ्न सक्यौँ भने क्रिकेट नेपालको एकदमै ठूलो इन्डस्ट्री बन्न सक्छ,’ उनले भने।
‘क्रिकेटले दुबईलाई जसरी रुपान्तरण गरेको छ, त्यही रुपमा नेपाललाई पनि क्रिकेटले ठूलो योगदान दिनसक्छ,’ उनले आशा देखाए।
नेपालमा केही वर्षमा पाँचवटा क्रिकेट बन्नसक्ने र देशले त्यत्ति लगानी गर्नुपर्ने पनि पारसले देशसञ्चार चौतारीका क्रममा बताए।
नेपाली क्रिकेटको ब्रान्ड भ्यालुलाई एनपिएलमा क्यास गरेको उनले बताए। सरकार र यसका सबै निकायहरुले एनपिएल सफल बनाउन मद्दत पुगेको उनी बताउँछन्। बिहान ९ बजेदेखि नै आएर क्रिकेटलाई समर्थन गर्ने दर्शकलाई पनि उनले धन्यवाद दिए। प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र सबै नेताहरुले एनपिएललाई समर्थन गरेको उनले बताए।
आफू एक्लैको प्रयासले एनपिएल सम्भव नभएको पनि उनले बताए। ‘म आफूले पाएको जिम्मेवारी राम्ररी निर्वाह गरिरहेको छु, भोलि के बन्ने भन्ने मैले अहिले नै सोचेको छैन,’ उनले अन्तर्वार्ताका क्रममा भने।
उनले आफूले राजनीति नसोचेको, बरु जीवन नै क्रिकेटमा समर्पित गर्ने पनि बताए।
पूरा भाग: