मुगुमा अज्ञात रोगबाट चौरी र याक मर्न थाले

मुगुमा अज्ञात रोगबाट चौरी र याक मर्न थाले
+
-

मुगु – मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँमा स्थानीयले पालेका चौरी र याक अज्ञात रोगका कारण मर्न थालेका छन्।

स्थानीय छोर्तेन लामाका अनुसार सोमबारसम्म ५०/६० वटा चौरी र याक मरिसकेका छन्। उनले चौरी र याक मर्नुअघि मुखबाट र्‍याल निकाल्ने, पातलो हरियो गोबर हुने र हल्का रगत देखिनेजस्ता लक्षण देखिएको बताए।

उनका अनुसार लक्षण देखापरेको २४ घण्टाभित्रै चौरी र याक मर्ने गरेका छन्।

गाउँपालिकाले खबर पाउनासाथ औषधि र पशु स्वास्थ्यकर्मीहरूको टोली मुगु गाउँ पठाएको भए पनि उपलब्ध जनशक्ति र औषधिले रोग नियन्त्रण गर्न असफल भएको बताइएको छ।

चौरीको स्वाब संकलन गरी ल्याबमा परीक्षण गर्न आवश्यक भए पनि पालिकासँग त्यसका लागि आवश्यक उपकरण र जनशक्ति नभएकोले जिल्ला भेटनरी तथा पशु अस्पताल गमगढी र प्रदेश सरकारसँग सहयोगको आग्रह गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले भेटनरी चिकित्सक र पशु प्राविधिकहरूको सात सदस्यीय टोली औषधिसहित मुगु गाउँ पुगेको जानकारी दिए।

रावलका अनुसार चिसोका कारण अधिकांश स्थानीयहरू बेसितिर अस्थायी बसाइँ सरेका छन्। गाउँमा मानिस नभएकाले स्वास्थ्यकर्मीहरूलाई चौरी राखिएका स्थानसम्म पुग्न गाह्रो भएको छ। मंगलबारबाट सुरु भएको हिमपातले समस्या झनै जटिल बनाएको छ।

शनिबारसम्मको तथ्यांकअनुसार ६० भन्दा बढी चौरी र याक मरेका थिए। तर, स्वास्थ्यकर्मी टोलीको अनुमानअनुसार हालसम्म १०० भन्दा बढी चौरी र याक अज्ञात रोगबाट मरेका छन्।

उच्च हिमाली क्षेत्र, दुर्गम भूगोल र सीमित स्रोतसाधनका कारण मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयहरूले दूध, छुर्पी उत्पादन तथा भारी बोक्नका लागि चौरी र याक पालन गर्ने गर्छन्। चौरी मर्दा स्थानीयको जीविकोपार्जनमा ठूलो असर पारेको छ।

रोगको पहिचान र नियन्त्रणका लागि थप अनुसन्धान तथा सहयोग आवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत रावलले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?