मुगुमा तोरी खेतीतर्फ आकर्षण बढ्दैः आयातितभन्दा घरेलु तेलमा जोड

मुगुमा तोरी खेतीतर्फ आकर्षण बढ्दैः आयातितभन्दा घरेलु तेलमा जोड
+
-

मुगु –  हिमाली जिल्ला मुगुमा तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ। स्थानीयस्तरमा मौसमी तरकारीको खेतीसँगै तोरी खेतीले पनि व्यापकता पाउँदै गएको छ।

तोरी खेतीबाट उत्पादन हुने तेल र घाँसले यहाँका कृषकलाई आर्थिक लाभ दिने सम्भावना देखिएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन्।
कृषि प्राविधिकका अनुसार, मुगुको जलवायु र माटो तोरी खेतीका लागि उपयुक्त भएकाले पनि अलि उच्च भेगमा पनि उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ।

स्थानीय सरकारले पनि तोरी खेतीलाई प्रवर्द्धन गर्न अनुदान र तालिम प्रदान गर्नुपर्ने आबश्यकता देखिएको छ। पछिल्ला समयमा बाहिरी आयातित खाने तेलको अधिक्तम प्रयोगले मानव स्वास्थ्यमा त्यति फाईदाजनक नहुनुका साथै बजार भाउ पनि निकै बढे पछि यहाँका केही कृषक तोरी खेतीको शुरूवात गर्दै आएका छन्।

छायाँनाथ रारा नगरपालिका वडा नं १० घट्टललेकका कृषक ज्ञानसिंह सेजुवालका अनुसार, “पहिला हामीले तोरी खेतीलाई गम्भीरताका साथ लिएका थिएनौं। तर अहिले राम्रो उत्पादन र बजार मूल्यले यो खेतीप्रति हाम्रो चासो बढाएको छ।” उनले भने, ‘ बाहिरी आयतित तेलको प्रयोग भन्दा तोरीको तेल स्वास्थ्यको लागि अत्यन्तै राम्रो स्वादिलो भएकाले घरमा पनि यही तेलको प्रयोग गर्दछौ।’

छायाँनाथकै अर्का शिक्षक एवं कृषक रंगबहादुर कार्कीले पनि ‘आफूले बाहिरी आयतित बजारको तेल खान छोडीसकेउ, आफ्नै खेतबारीमा उत्पादन गरेको तोरीको तेल प्रयोग गर्छौ, स्वास्थ्य बर्दक, स्वादिलो अर्गानिक अनि शरिरमा घस्न समेत प्रयोग हुने भएकाले यसलाई ब्यबसायिक रूपमै खेती गर्न सके राम्रो आम्दानी हुने शिक्षक कार्कीको तर्क छ।

तोरी खेतीको विस्तार अहिले फाटफुट रूपमा सोरू, खतेड, गमका घट्ललेक , हेर्निकाँद,लगायतका स्थानमा गरिदै आएको छ यस खेतीलाई यहाँका कृषकहरूले ब्यबसायिक रूपबाटै खेती गर्न सके राम्रो आम्दानी हुन सक्ने कृषि बिज्ञहरूको धारणा छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’