चुनावअघि गठबन्धन गर्नु मूर्खताः कोइराला

चुनावअघि गठबन्धन गर्नु मूर्खताः कोइराला
+
-

वीरगन्ज – कांग्रेस नेता एवम् पार्टीका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले चुनावअघि गठबन्धन गर्नु मूर्खता भएको बताएका छन्।  कांग्रेसको एक सय दिने बिशेष अभियानअन्तर्गत शनिबार वीरगन्ज महानगरपालिका–३० मा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनाव भइसकेपछि सरकार बनाउने बेलामा गठबन्धन गर्नु छुट्टै कुरा भएको तर चुनावमा जाँदाखेरि नै गठबन्धन गरेर जानू मुर्खता भएको दाबी कोइरालाले गरे।

आफू गठबन्धनको घोर बिरोधि रहेको बताउदै नेता कोइरालाले कसैसित कुनैपनि हालतमा गठबन्धन गर्न नहुने जिकिर गरे।हामीले कसैसंग गठबन्धन गर्नु हुदैन,म गठबन्धनको घोर बिरोधी हुँ,’ उनले भने, ‘चुनाव भइसकेपछि गठबन्धन गर्नु छुट्टै कुरा हो तर चुनावमा जादा खेरी नै गठबन्धन गरेर जानू मुर्खता हो।’

उनले चुनाव आफ्नै बलबुतामा लड्नुपर्ने बताउँदै नेपाली कांग्रेसले अबको चुनाव एक्लै लड्नुपर्ने कुरामा जोड दिएका थिए।कांग्रेसको उर्वर भूमि चितवनको भरतपुर महानगरको मेयर गठबन्धनकै कारण प्रचण्डकी छोरीलाई दिनु ठूलो गल्ती भएको दाबी उनले गरे।

चितवनबाट जितेका रवि लामिछानेको सिट रद्द भए त्यहाँ फेरि चुनाव भएको खण्डमा कांग्रेसले दिमाग लगाएर अगाडि बढनुपर्ने कोइरालाको कथन थियोे।पार्टीको एक सय दिने बिशेष अभियानमा पर्सा घुमेका उनले पर्सामा पार्टी बलियो स्थितिमा देखेको बताउदै जिल्लामा कांग्रेस किन बढी सिट जित्न नसकेको कारण खोज्नुपर्ने बताए।

देशमा कांग्रेसले नै अहिले एउटा बाट अठार बिस वटा मेडिकल कलेज बनाएको,बीस वटा बिश्वबिधालय बनाएकोले चुनावमा जादा खेरी कांग्रेसले नै बिकाश गर्छ भन्ने कुरा भन्न सक्नुपर्ने कोइरालाको भनाइ थियो।कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य एवम् कांग्रेस केन्द्रिय सदस्य अनिल रुङटाले पार्टीलाई घर घरसम्म पुर्‍याउनको लागि कांग्रेसले बिशेष अभियान कार्यक्रम ल्याएको जानकारी दिए।

कांग्रेस देशको ठुलो पार्टी भएपनि सरकार चलाउन गरेको गठबन्धनका कारण योजनाहरु पूरा गर्न नसकिएको तथा काम समेत गर्न नसकिएको उनले बताए।उनले अबको निर्वाचनमा वीरगन्ज महानगरपालिकामा कुनै पनि हालतमा गठबन्धन गर्न नहुने कुरामा जोड दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?