महेन्द्र चालिसेको यात्रा संस्मरण ‘लेकबेँसीका सुगन्धहरु’ सार्वजनिक

महेन्द्र चालिसेको यात्रा संस्मरण ‘लेकबेँसीका सुगन्धहरु’ सार्वजनिक
+
-

काठमाडौँ – महेन्द्र चालिसेद्वारा लिखित यात्रा संस्मरण ‘लेकबेँसीका सुगन्धहरू’ नामक कृति सार्वजनिक भएको छ।

मण्डन देउपुर नगरपालिकास्थित माझीटारमा एक कार्यक्रमका बीच वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलगायतले पुस्तक विमोचन गरेका हुन्।

कार्यक्रममा चालिसेले राजधानीदेखि मण्डन देउपुर आएर आफ्नो कृति सार्वजनिकीकरण गर्नुको उद्देश्य कृति लोकार्पणको बहानामा बुवाको सिर्जनाभूमिसँग स्रष्टाहरूलाई परिचित गराउनु पनि रहेको उल्लेख गरे।

उनका बुवा साहित्यकार रमेश विकलले मण्डन देउपुरमै बसेर ‘अविरल बग्दछ इन्द्रवती’ कृतिको सिर्जना गरेका थिए।

सुमन नेपालको स्वागत मन्तव्यनाट सुरू भएको कार्यक्रममा समालोचकद्वय ठाकुर शर्मा र गोपी मैनालीले पुस्तकमाथि समीक्षात्मक मन्तव्य राखेका थिए भने कृतिकार चालिसेका दाजु एवं साहित्यकार विजय चालिसेले पनि संक्षिप्त मन्तव्य राखेका थिए।

कार्यक्रममा घिमिरेले आफ्ना मित्र रमेश विकलको  सिर्जनाभूमिमा आएर उनकै छोराको कृति लोकार्पण गर्न पाउँदा खुशी लागेको बताएका थिए। उनले ४०/४५ वर्षअघि यसै क्षेत्रमा विकलसँग पटक–पटक सँगै भ्रमण गर्दाका स्मरणीय प्रसङ्गहरू पनि सुनाएका थिए।

काठमाडौँदेखि पुगेका करिब १०० जना साहित्यकारहरूसहित स्थानीयको पनि बाक्लो उपस्थितिबीच सम्पन्न उक्त कार्यक्रमको सञ्चालन आलोक चालिसेले र कार्यक्रमको संयोजन प्रतीक घिमिरेले गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?