नेपालप्रेमी कार्टरले दुईवटै संविधान सभा चुनावको पर्यवेक्षण गरेका थिए

नेपालप्रेमी कार्टरले दुईवटै संविधान सभा चुनावको पर्यवेक्षण गरेका थिए
+
-

आइतबार १०० वर्षको उमेरमा निधन भएका अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरले सशस्त्र संघर्षमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको राजनीति वृत्तमा विश्लेषण गरिन्छ।

माओवादी सशस्त्र संघर्षमै रहेका बेला सन् २००४ देखि उनको संस्था कार्टर सेन्टरले नेपालमा गतिविधि सुरु गरेको बताइन्छ।

तत्कालीन अमेरिकाको सरकारले माओवादीलाई ‘आतंककारी’ घोषणा गरेकै बेलादेखि उनले विद्रोही नेताहरूसँग संवाद थालेको माओवादी नेताहरूले नै बताउने गरेका छन्।

विद्रोही माओवादीलाई राजनीतिको मूलधारमा प्रवेश गराउने क्रममा अन्तरीम सरकारले गरेको पहिलो र दोस्रो संविधान सभाको चुनावमा कार्टर स्वयं नेपाल आएर चुनावको पर्यवेक्षण गरेका थिए।

२०६४ र २०७० सालमा भएका पहिलो र दोस्रो संविधान सभाको चुनावका बेला उनी नेपालमै थिए। पहिलो संविधान सभाको चुनावपछि उनले नेपालको तीनपटक भ्रमण गरेका थिए।

उनले नेपालको शान्ति प्रक्रियालाई समर्थन गरेका थिए।

कार्टरले नेपालको शान्ति प्रक्रियालाई समर्थन गरे पनि अमेरिकी सरकारले माओवादीलाई आतंककारीको सूचीबाट हटाएको थिएन। सन् २०१२ मा मात्र अमेरिकाले माओवादीलाई उक्त सूचीबाट हटाएको थियो।

कार्टर हिमालप्रेमी थिए। नेपालमा रहँदा उनले धेरै हिमालहरूको दृश्यावलोकन गरेका थिए। सन् १९८५ मा पर्यटकका रूपमा पनि उनी नेपाल आएका थिए।

यो पनि: 

अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?