गिरीबन्धुको बदमासी पर्दाफास गरेरै छाड्छुः प्रचण्ड

गिरीबन्धुको बदमासी पर्दाफास गरेरै छाड्छुः प्रचण्ड
+
-

झापा – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरीबन्धु टी–स्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ को गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा नेकपा माओवादी केन्द्रको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले गिरीबन्धु, ओम्नी, नक्कली भुटानी शरणार्थी प्रकरणलाई पर्दाफास गरेर भण्डाफोर गरेरै छाड्ने बताएका हुन्।

तर, त्यसका लागि आगामी निर्वाचनमा माओवादीलाई सहयोग गर्न उनले आग्रह गरे। उनले भने, ‘जब भ्रष्टाचारीहरू धमाधम पक्राउ पर्न थाले उनीहरूको निद्रा हराम भयो। गिरीबन्धुको कुरा उठेपछि एमालेको हेडक्वार्टर तानिने अवस्था आयो। बेचन झा पक्राउ परेपछि सुई अर्कातिर सोझियो। अनि रातारात गठबन्धन तोडियो र अप्राकृतिक गठबन्धन बन्यो।’

उनले अहिलेसम्म प्राप्त उपलब्धि संस्थागत गर्दै नयाँ अधिकारका लागि हुने बताए। उनले भने, ‘संविधान संशोधनको अधिकार माओवादीलाई मात्र छ। प्राप्त उपलब्धि खारेज गर्ने किसिमको संशोधन माओवादीलाई मान्य हुने छैन।’

उनले झापामा अलपत्र हुलाकी राजमार्गमा बनिरहेका पुलहरूको निर्माण तीव्र बनाउन प्रतिनिधि सभामा दरिलो कुरा राख्ने आश्वासन दिए। उनले कनकाई तथा रतुवा नदीमा बनिरहेका पुलहरूका बारेमा संसदमा कुरा राख्ने आश्वासन दिएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?