
मुगु – गमगढीबाट नेपालगन्ज जाँदै गरेका तीन वटा यात्रुबाहक बस कर्णाली राजमार्गअन्तरर्गत सातमोेडमा अलपत्र परेका छन्। सडकमा हिउँ र बरफ जमेका कारण बसहरू फसेपछि नेपालगन्ज जाने यात्रुहरू बिच सडकमै अलपत्र परेका हुन्।
सडकमा जमेको बाक्लो हिउँ र बरफले गाडी अघि बढ्न नसक्दा सबै यात्रु रातभर जागा बस्नु परेको बसका यात्री राज्यलक्ष्मी बमले जानकारी दिइन्।
‘पुसको कठ्याङ्ग्रिदो जाडोमा रातभर गाडीभित्र भोकै बस्यौँ, उद्धार गर्ने कोही भएन,’ उनले भनिन्, ‘कठ्यांग्रिने चिसो मौसममा बाल बच्चा, बिरामी र बूढाबूढी अत्यधिक चिसोले बढी समस्यामा परेका छन्।’ उद्धारका लागि सबैतिर हारगुहार गरे पनि अहिलेसम्म कतै पनि सुनुवाइ नभएकाे उनले बताइन्।