१८ वर्षमा १७ किलोमिटर सडकः बाँकी ७९ किलोमिटर सडक अलपत्र

१८ वर्षमा १७ किलोमिटर सडकः बाँकी ७९ किलोमिटर सडक अलपत्र
+
-

मुगु – गमगढीदेखि उत्तरी सीमा तिब्बत जोड्ने ९६ किलोमिटर लम्बाइको सडक निर्माणको काम १८ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।
०६२/६३ मा सर्वे र डिजाइन गरिएको यो सडक आयोजना सरकारले प्राथमिकतामा नपारी पर्याप्त बजेट विनियोजन नहुँदा सडम निर्माणमा ढिलाइ भएको हो।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी ईन्जिनियर प्रदीप चौधरीका अनुसार, सरकारले जति पटक बजेट बिनियोजन गरेपनि न्यून बजेट विनियोजन गर्छ त्यहि पनि निर्माण कम्पनीले समयमा काम नगर्दा बजेट फ्रिज जाने गर्छ चौधरीले भने।

हालसम्म मुगुम कार्मारोङ्को छाईल बगरसम्म जम्मा ९६ किलोमिटर मध्ये १७ किलोमिटर मात्र सडक खनिएको छ। बाँकी ७९ किलामिटर सडक बन्न यही गतिमा हो भने बर्षौ लाग्ने सम्भावना छ। मुगाली जनताको चिन सँग व्यापार गर्ने सपना कहिले पूरा हुने हो, अन्योल सृजना भएको छ।
सिङ्गो कर्णाली प्रदेशको लाइफलायन र गौरवको आयोजनाका रूपमा लिइएको यो सडक मुगाली जनताका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । प्रयाप्त मात्रामा बजेट बिनियोजन नहुनु र यदी बिनियोजित हुँदा कनिका छरे झै मात्र बजेट छुट्याईदा यो आयोजना अघि बढ्न नसकेकोले त्तम मुगालीले चिन्ता ब्यक्त गरेका छन्।

हाल बजेट अभावका कारण सडक खन्ने काम अलपत्र छ भने गमगढी नाक्चेलाग्ना सडक निर्माण परियोजनाका कर्मचारी घाम तापेर बस्नुको बिकल्प नरहेको बताईएको छ। यस सडकको लागि आगामी आर्थिक बर्षको बजेटमा प्रयाप्त मात्रामा बजेट बिनियोजित गरि सडक खन्ने काम ठेकेदार कम्पनी लाई नदिई नेपाली सेनालाई दिनु पर्ने कुरा कर्णाली बासीले नेपाल सरकारलाई आग्रह गरेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?