प्रकाशक नेपालयले ‘२५ वर्षमुनिका २५ लेखक’ले लेखेकाे पुस्तक ल्याउँदै

प्रकाशक नेपालयले ‘२५ वर्षमुनिका २५ लेखक’ले लेखेकाे पुस्तक ल्याउँदै
+
-

नेपाली प्रकाशनको फाँटमा नवीनताको पाटो उघार्दै ‘पल्पसा क्याफे’ उपन्यासमार्फत उदाएको पब्लिकेसन नेपालय २० वर्ष पुगेको छ। यो लामो यात्रापछि अब फेरि यस प्रकाशन गृहले नयाँ पुस्ताबीचबाट नयाँ सम्भावनाहरूको खोजी, संवर्द्धन र तिनको विकासमा आफूलाई संलग्न गराउने जमर्को गरेको छ।

नयाँ वर्षको आगमनसँगै ‘२०२५ मा २५ का २५’ मन्त्र बोकेर यो आह्वानको थालनी हुन लागेको हो। यसअन्तर्गत यसै वर्ष पब्लिकेसन नेपालयले संसारभरि फैलिएका २५ वर्ष वा त्योभन्दा कम उमेरका नेपाली तन्नेरीहरूको फरक विधाका तीनवटा पुस्तक प्रकाशन गर्ने घोषणा गरेको छ। पुस्तकहरु कथा, कविता र निबन्ध विधाका हुनेछन्।

यसका लागि ‘एक्काइसौं शताब्दी के सोचिरहेको छ? के लेखिरहेको छ ?’ भन्ने प्रश्नमा केन्द्रित रही वर्तमान सहस्राब्दीमा जन्मेका लेखकहरुलाई पब्लिकेसनले खुला आह्वान गरेको छ।

‘सन् २००० लागेयता जन्मेका जोसुकै नेपाली, नेपाली मूल वा नेपाली भाषी युवा पुस्ताले तीनवटै विधामा आफूलाई सरिक गराउन सक्छन्,’ पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्य भने, ‘लेखकहरूले नेपाली, नेपालभित्र बोलिने जुनसुकै भाषा वा अंग्रेजीमा आफ्ना सामग्री तयार पार्न सक्छन्।’

त्यसैगरी लेखकहरू जुनसुकै शीर्षक, विषय, शैली वा लयमा लेख्न स्वतन्त्र रहनेछन्। तीन विधामध्ये निबन्धका हकमा यो आफैँमा बन्धनरहित खुला विधा भएकाले यसमा निबन्ध,प्रबन्ध, संस्मरण, यात्रा, जीवनी, प्रोफाइल, फिचर, मनोवाद, हास्य, व्यंग्य, टिप्पणी, ओपेड, कसैलाई सम्बोधन, समीक्षा, भावना, कल्पना, धारणा, सपना, प्रभाव, मिथक, श्रुति आदि सबैखाले रचना स्वीकार्य हुनेछन्।

हालसम्म कुनै पनि माध्यमबाट सार्वजनिक नभएका त्यस्ता रचनाहरू बढीमा २५ सय शब्दको हुनुपर्ने प्रावधान राखिएको छ। त्यसैगरी ‘आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोग गरेर तयार पारिएको कुनै पनि लेख वा रचना यो प्रतिस्पर्धाका लागि अमान्य हुनेछ।

तयार रचनालाई २०२५ को फेब्रुअरी २५ तारिखभित्र पब्लिकेसन नेपालयको वेबसाइटमार्फत समाविष्ट गर्न सकिन्छ। वेबसाइटमै त्यसका लागि फारम राखिएको छ। लामो र भारीभरकमभन्दा पनि रसिलो–कसिलो, सरल–तरल, शुद्ध–चुस्त अनि छोटो– छरितो रचना छनौटमा पर्ने सम्भावना बढी रहेको जानकारी पनि पब्लिकेसनले दिएको छ।

यसरी प्राप्त भएका रचनाहरूलाई लेखकहरू श्रवण मुकारुङ, भूषिता वशिष्ठ र नारायण वाग्ले सम्मिलित निर्णायक समितिले २५ वटाका दरले छनौट गर्नेछ। तत्पश्चात् छनौटमा परेका लेख–रचनाहरू विधागत हिसाबले तीनवटा फरक फरक पुस्तकका रूपमा सन् २०२५ भित्रै पब्लिकेसन नेपालयले प्रकाशन गर्नेछ। पुस्तकमा अटाएका प्रत्येक लेखकलाई पब्लिकेसनको नियमअनुसार रोयल्टी प्रदान गरिनेछ भने केही लेखकसँग पुस्तक प्रकाशनका लागि सम्झौता पनि गरिनेछ ।

लेखकको योग्यता भनेकै केवल उनको जन्म सन् २००० को जनवरी १ तारिख वा त्यसभन्दा पछि भएको हुनुपर्नेछ। त्यसका लागि जन्ममिति खुल्ने तस्बिरसहितको कुनै पनि परिचयपत्र संलग्न गरी पठाउनुपर्ने हुन्छ।

‘हामीले आफ्ना प्रकाशन र त्यसको प्रवर्द्धनमा नवीनतालाई सदैव प्राथमिकतामा राख्दै आएका छौं,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भने, ‘यो अभियान नयाँ पुस्तामा सम्भावना बोकेर बसेका लेखकहरू कुनै कारणवश अगाडि आउन सकिरहेका छैनन् भने उनीहरूसम्मै पहुँच बनाउने प्रयासको सुरुवात हो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?