
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छन्।
शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफलमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन्।
उनले विश्वविद्यालयभित्रको दलीय प्रभाव र दबाबलाई अन्त्य गर्ने गरी विधेयक ल्याउनुपर्ने बताइन्। उनले अब विश्वविद्यालय कस्तो हुने? भन्ने किसिमको निर्धारण हुने गरी विधेयक बनाउनुपर्ने उल्लेख गरिन्।
उनले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिहरुको अन्त्य गर्नुपर्ने गरी ऐन ल्याउनुपर्ने बताइन्। अहिलेको ड्राफ्टमा नआएको भए पनि समितिले छलफल गरेर अघि बढाउनसक्ने उनको भनाइ थियो।