कर्णालीबाट लाेप हुँदै रैथाने गाईको अस्तित्व

कर्णालीबाट लाेप हुँदै रैथाने गाईको अस्तित्व
+
-

मुगु – हिमाली जिल्ला मुगुमा रैथाने गाईको अस्तित्व मासिँदै जान थालेको छ। स्थानीय समुदायले परम्परागत रूपमा पाल्दै आएको रैथाने गाईको संख्या  घटाउँदै गएका छन्।

आधुनिक मानवसँग सम्बन्धित प्रबिधिको विकास र अवसरको खोजीका लागि मानिसहरू सुविधासम्पन्न ठाउँमा बसाइ सराई सर्ने संख्या बढ्दो छ। अर्कोतिर जग्गा जमिनको तुलनामा जनसंख्या बढ्दो क्रममा छ। त्यसैले थोरै जग्गाको लागि बर्षौ दुःख गरेर किन गाई, गोरू पालेर फाइदा के छ भन्ने एकथरी जमात छ।

‘थोरै दूधले फाइदै छैन, समय धेरै खर्चिनुपर्ने र घाँसपातले अपुग हुने घाटा बेहोर्नुभन्दा गाई नपालेकै बेस अर्को थरी जमात छ, ‘ छायाँनाथ रारा नगरपालिका–१ का धनबहदुर मल्लले भने, ‘ हाम्रोतिर चरिचरन त्यति नहुने र घर पालौं घाँस छैन, घाँस किन्ने पैसा छैन, चराउने बन छैन।

जग्गाको तुलनामा जनसंख्या बढ्दै जानु र भएको जग्गा जमिन आफैँले सदुपयोग नगरी अर्काको जिम्मा लगाउने प्रवृति बढ्दो छ। खेतीपातीतिर ध्यान नदिई गाईगोरूमा भुल्नुभन्दा ज्याला मजुदरीबाट दैनिक रूपमा फाइदा देख्ने अर्कोथरी जमात रहेकाे छायाँनाथकै अर्का कृषक नन्दबहादुर मल्लले बताए।

जिल्ला भेटनरी तथा पशु अस्पताल मुगुका अनुसार, रैथाने गाईको संरक्षणका लागि विशेष योजना आवश्यक छ। ‘रैथाने गाई हाम्रो स्थानीय सम्पत्ति हाे  यी गाईहरूले कठोर हावापानीमा टिक्न सक्ने विशेष क्षमता राख्छन्। यिनको संरक्षण नभए हिमाली क्षेत्रको जैविक विविधतामा असर पर्न सक्छ,’ कार्यालय प्रमुख भीमचन्द्र बुढाले भने।

आगामी दिनमा रैथाने गाई संरक्षणका लागि कार्यक्रम ल्याइने उनकाे भनाइ छ। रैथाने गाईको अस्तित्व संकटमा परेकोले स्थानीय सरकार, संघसंस्था र समुदायलाई मिलेर यिनको संरक्षण गर्न आवश्यक छ। यसका लागि सहकारीहरू स्थापना, सुभेक्षाकोष सञ्चालन, र किसानलाई प्रोत्साहन दिने कार्यक्रम लागू गर्नुपर्ने विशेषज्ञहरूले सुझाव दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?