अनिश्चितकालीन यातायात बन्दका कारण मेची राजमार्गमा सवारी साधनको आवागमन ठप्प

अनिश्चितकालीन यातायात बन्दका कारण मेची राजमार्गमा सवारी साधनको आवागमन ठप्प
+
-

झापा- ताप्लेजुङको पाथीभरामा केवलकार खारेजीको माग गर्दै आजदेखि आह्वान गरिएको मेची राजमार्ग बन्दका कारण लामो दूरीका यातायातका साधन चल्न सकेका छैनन्। छोटो दूरीका सवारी साधन भने चलेका छन्।

बन्दका कारण इलाम, पाँचथर तथा ताप्लेजुङ जाने सवारी साधन झापामै रोकिएका छन्।

मुक्कुम्लुङ संरक्षणकारीहरूले पाथीभरामा केवलकार बन्न नहुने भन्दै आन्दोलन चर्काएका हुन्। केबलकार खारेज हुनुपर्ने, तीन जना मुक्कुम्लुङ संरक्षणकारीहरूलाई रिहा गर्नुपर्ने, नाम्जाङ्गे (तल्लो फेदी)बाट सशस्त्र र जनपद प्रहरी फिर्ता हुनुपर्ने मागसहित विभिन्न संघ संगठनहरुले आन्दोलन चर्काएका हुन्।

ताप्लेजुङको नाम्जाङ्ग्रेमा पक्राउ परेका जनम लिम्बू, सुशिल लिम्बू र संजोग लिम्बूलाई रिहा गर्नुपर्ने मागसहित केवलकारको विरुद्धमा रहेका संघ-संस्थाहरूले आजदेखि अनिश्चितकालीन बन्द आह्वान गरेका छन्। ताप्लेजुङ, पाँचथर, इलाम र झापामा पर्चा वितरण गर्दै पुष २१ गतेदेखि मेची राजमार्ग, तमोर करिडर र ताप्लेजुङभित्र अनिश्चितकालका लागि यातायात बन्द गर्ने घोषणा गरेका हुन्। झापाको बिर्तामोडमा पनि मुक्कुम्लुङ संरक्षणकारीहरूले विरोध प्रदर्शन र सभा गरेका छन्।

शनिबार दिउँसो बिर्तामोडको मुक्तिचोकमा मुक्कुम्लुङ संरक्षण समिति झापा, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, पहिचानवादी मोर्चा, कोशी नाम खारेजी समिति, नागरिक उन्मुक्ति पार्टी, जसपा, संघीय लिम्बूवान राष्ट्रिय मंच, लिम्बू वस्गत (चाक्थुङ सचङ), किरात धर्म तथा साहित्य उत्थान संघ, नेपाल जनमुक्ति पार्टी, सुनुवार सेवा समाज, तमु ह्युल छोजधीं र नेकपा माओवादी झापाको संयुक्त उपस्थितिमा विरोध प्रदर्शन गरिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?