मुगु – पछिल्ला केही बर्ष यता मुगु जिल्लाका ग्रामीण तथा बजार क्षेत्रका बालबालिकामा पढाइको तुलनामा मोबाइल प्रतिको आकर्षण बढ्दै गएको छ।
अभिभावकका अनुसार, विद्यालय जानुपर्ने समयमा समेत धेरैजसो बालबालिका मोबाइलमा खेल्न र भिडियो हेर्नमै व्यस्त हुने गरेका छन्। अभिभावकहरू बाट लुकीचोरी गरि मोवाईल हेर्ने र पढाइ प्रति कम चासो दिने गरेको पाईएको छ।
छायाँनाथ रारा नगरपालिका वडा नं ३ स्थित श्री मालिका आारभुत बिद्यालयका प्रधानाध्यापक रंगबहादुर कार्कीका अनुसार गाउँ भरी बालबालिका हरू मोवाईल मा टिक, भिडियो, हेर्ने, खेलहरू खेल्ने र पढाईमा ध्यान नदिने कारणले शैक्षिक स्तरमा असर पारेको बताउँनु हुन्छ। ‘साना ४, ५ बर्षका बालबालिका देखि माथिल्ला उमेरका बालबालिका हरू बढी जसो पढाइमा भन्दा मोवाईलमा केन्द्रित हुन थालेका छन्। यो समस्या दिनप्रतिदिन जिल्ला भर जटिल समस्या बन्दै गएको छ,’ शिक्षक कार्कीले भने।
मोवाईल नदिए बच्चा हरू रूने कराउने, र पछि गएर मोवाईलको लद बस्ने भएकाले कहिले बच्चाहरू लुकी छिपी हेर्ने र कहिले अभिभावकहरू आफैले मोबाइल दिन बाध्य हुनु परेको बताउनु हुन्छ। ूहामीले बच्चाहरूलाई केही समय रमाइलो गर्न मोबाइल दिएका हौँ। तर, अहिले त यसले लतकै रूप लिएको छ,ू स्थानीय सुनाउँछन्।
बालबालिकालाई मोबाइलको सीमित प्रयोग गर्न प्रोत्साहित गर्न अभिभावक र विद्यालयले मोबाइल फोनको चासोलाई निरूत्साहित गर्न संयुक्त पहल गर्नुपर्ने आबश्यक देखिएको छ। यसतर्फ समयमै उचित कदम नचालिए बालबालिकाको शैक्षिक भविष्य जोखिममा पर्ने खतरा देखिएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































