कालापत्थर बन्दै चंखेली हिमाल

कालापत्थर बन्दै चंखेली हिमाल
+
-

मुगु – हिमालको देश नेपालका थुप्रै हिमालमा हिउँको कमी देखिन थालेको छ। जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमाल हिउँविहीन बन्दै गइरहेका छन्। मुगुका बार्है मास हिउँ जमेर मोती झैँ टल्किने चंखेली, नधारी, हिमालसमेत हिउँको मात्रा नभएपछि कालापत्थरझैँ देखिन थालेको स्थानीयले बताएका छन्।

पहिले वर्षभरि हिउँले ढाकिने यी क्षेत्र अहिले उजाड देखिन्छन्। यसले पर्यावरणीय सन्तुलन बिग्रिने मात्र नभई, पर्यटक आकर्षणमा पनि असर पुर्‍याउने संम्भावना रहेको छ।

मुगुमा सामान्यतय यस बर्ष दुई पटक हल्का बर्षा र उच्च भेगमा सामान्य हिमपात भएको थियो।
‘बेसी तिर पर्याप्त मात्रामा हिमपात भएमात्र हिमालमा हिउँ जम्ने हुन्छ। बेसीतिर हिउँ नै आएको छैन’, उमेरले नेटो काटेका छायाँनाथ राराका पिना गाउँका ७० बर्षिय हरिच्द्र शाहीले भने, ‘उहिलेको जमनामा हिउँँ धेरै आउने गर्दथ्यो बालीनाली पनि राम्रो हुन्थ्यो तर अहिले के भयो खै रु हिउँ नै आउँदैन उत्पादन पनि कम हुन्छ।’

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न तत्काल सरोकार वाला निकायले कदम चाल्नुपर्ने विज्ञहरूको सुझाव छ। सरकार र सरोकारवालाबीच समाधानका लागि व्यापक छलफल भइरहेको र जलवायु परिवर्तनले बढी असर पारेका हिमाली जिल्लामा जलवायु उत्थानशील कार्यक्रम अघि बढाईने नेपाल सरकारका बन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले बताए।

जलवायु परिवर्तनले नेपाली जनताले नखाएको बिष लागेकाले बिकसित मुलुकले नेपाललाई आबश्यक सहयोगमा जोड दिनुपर्ने बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?