
मुगु – मुगुको गमगढी बजारबाट करिब १ दिनको पैदल दूरीमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका– ८ माग्रीको लेक क्षेत्रमा रहेका बिसे र दूधे ताल ओझेलमा परेका छन्। हलसम्म कुनै पनि माध्यमकाट बाट प्रचारप्रसारमा नआउँदा उक्त तालहरू ओझेलमा परेका हुन्।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यी ताल पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने सम्भावना भए पनि, सम्बन्धित निकायको ध्यान नपुगेका कारण यिनीहरूको पहिचान संकटमा परेको स्थानीयवासी बताउँछन्। माग्री गाउँबाट करिब ३ देखि ४ घन्टाको पैदल दुरीमा पुगिने यी तालहरू केही बर्ष पहिला सातवटा दुधे दह र २० वटा बिसे दह रहेको र हाल जलवायु परिवर्तनको असरले हाल ४ वटा बाहेक सबै सुकिसकेको स्थानिय समाजसेबी सोनाम लामाले बताए।
उनले भने, ‘केही बर्ष पहिले लेकमा गुहालो लाग्दा धेरै दह थिए। तर आज भोली कमै मात्र छन् । ताल भएको क्षेत्र अत्यन्तै रमणिय र शान्त अनुपन उपहार जस्तो देखिन्छ। उक्त क्षेत्र बाट गम भ्याली, रारातालको पुरै आकृती र शुन्दर हिम सृङ्खलाहरू अवलोकन गर्न सकिन्छ।’
यस क्षेत्रको प्रचार प्रसार हुन सकेको खण्डमा पर्यटन बिकासले स्थानीय स्तरमा रोजगारी सृजना हुन सक्ने अपेक्षा गरिएको छ। दूरदराजको अनकन्टार ठाउँमा रहेका यी दुधे र बिसे तालको सही व्यवस्थापन उचित प्रचार प्रसार भएमा पर्यटन विकासका लागि यी तालहरू महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।