वीरगन्जको विकासमा नेताहरुले बेइमानी गरेः प्रभु साह

वीरगन्जको विकासमा नेताहरुले बेइमानी गरेः  प्रभु साह
+
-

वीरगन्ज – आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगन्जको विकासमा राजनीतिक दल र नेताहरुले बेइमानी गरेको टिप्पणी गरेका छन्।

नेताहरुको दोहोरो चरित्रका कारण वीरगन्जको विकास ओझेलमा परेको उनले बताए। वीरगन्जस्थित नारायणी रंगशालाको बिहीबार निरीक्षण गर्दै आजपा अध्यक्ष साहले सरकारको दोहोरो चरित्रका कारण नारायणी रंगशाला जीर्ण बनेको बताए। केही नेताका कारण नारायणी रंगशाला जीर्ण भएको र विभेदको शिकार बनेको बताउँदै अब चुप लागेर नबस्ने चेतावनीसमेत उनले दिए।

वीरगन्जमा रहेको नारायणी रंशाला, ठाकुरराम बहुमुखी क्याम्पस, नारायणी अस्पताल, चिनी मिल, कृषि औजार कारखानाको विकास सरकारको नजरमा नपरेको साहको आरोप थियोे। वीरगन्ज आएर लामो लामो भाषण गर्ने नेताहरुले यहाँको बिकासको बारेमा किन केही सोचेन्न भनी सोध्ने बेला भएको उनको भनाइ थियोे।

वीरगन्जबाट राजस्व लिने तर वीरगन्जको बिकासका लागि सरकारले केही नगर्ने हो भने अब आफ्नो पार्टी चुप लागेर नबस्ने चेतावनी समेत साहले दिएका थिए।

‘वीरगन्जबाट चार गुणा बढी ट्याक्स लिने तर सोही परिणाममा यहाँको बिकास किन नगरेको भन्ने बारेमा हामीले प्रश्न गर्नुपर्छ’, उनले भने, ‘२१औं शताब्दीमा वीरगन्जसंग जुन अन्याय, अत्याचार, विभेद भईरहेको छ हामी चुप लागेर बस्दैनौं।’

मधेस बिभिन्न खेलकुदमा मधेस अगाडी रहेको ईतिहास रहेको बताउँदै उनले मधेसलाई पछाडी पार्न खोज्नु दुर्भाग्य भएको बताए। क्रिकेट, कुस्ती, फुटवल, भलिवल लगायतका बिभिन्न खेलमा मधेस जहिले पनि अगाडि भएको बताउँदै साहले यहाँको रंगशालाको पुनर्निमाण गर्नुपर्ने, थप रंगशाला निर्माण गर्दै खेलकुदको बिकासका लागि योग्दान गर्नुपर्ने उनले बताए। मधेससंग विभेद, अत्याचार र सौताको व्यवहार सरकारले गरेको आरोप लगाउँदै उनले बिरगंजको बिकासका लागि आजपाले हरेक किसिमको सहयोग गर्न तयार रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?