
प्रकाशन भएका आख्यानहरूमा कथा उस्तैउस्तै लागे पनि लेखन शैली भने भिन्न पाइन्छ। यस्तै बलियाे लेखन शैली भएकाे कथा संग्रह हाे रविन्द्र केसीको ‘सम्बन्धको दोबाटो ।’
सम्बन्धकाे बाटाेमा विषयवस्तुको छनोट र प्रस्तुति शैलीमा नवीनता छ भने पाठक मौरी झैँ झुम्मिन्छन्। उनले एक्काइसौँ शताब्दीमा बाँचिरहेका नेपालीहरूको जीवन भोगाइका विद्रूपता र सन्त्रासबिच आशावादी जीवनदृष्टिलाई २१ थान कथामार्फत् पस्केका छन्।
प्रहरी सेवामा लामो अनुभव बटुलेका रविन्द्र केसीले ‘सम्बन्धको दोबाटो’माआफू पुगेका ठाउँहरू, देखेका समाज र भेटेका मानिसहरू नै खुला विश्वविद्यालय लागेको तथ्य कथा गर्भमा बताएका छन्। उनले आफ्ना कथाहरूमा मानव जीवनका विविध पाटासँग जोडिएको बताउँदै चोट, व्यथा, अभाव, बाध्यता, सङ्घर्ष, सपना र खुसी जस्ता कुरालाई प्रस्तुत गर्न खोजेको बताएका छन्।
मानिसहरूमा औपचारिक/अनौपचारिक सम्बन्ध रहेको र त्यसभित्र सकस, उल्झन, पीडा, आँसु, हाँसो, घात अनेकौँ कुरा भेटेका छन्। तथा पिजी वनप्रति निराशा, कुण्ठा र उल्झनलाई ओझेलमा पार्दै सकारात्मकता, उज्यालो पक्षको खोजी र जीवनप्रतिको उत्साहले भरिएको प्रतीत हुन्छ ‘सम्बन्धको दोबाटो’ सङ्ग्रहमा।
मानिसहरूमा औपचारिक/अनौपचारिक सम्बन्ध रहेको र त्यसभित्र सकस, उल्झन, पीडा, आँसु, हाँसो, घात अनेकौँ कुरा भेटेका छन्। तथा पिजी वनप्रति निराशा, कुण्ठा र उल्झनलाई ओझेलमा पार्दै सकारात्मकता, उज्यालो पक्षको खोजी र जीवनप्रतिको उत्साहले भरिएको प्रतीत हुन्छ ‘सम्बन्धको दोबाटो’ सङ्ग्रहमा।
वर्तमान विश्व अत्यन्त जेलिएको छ सम्बन्धहरूमा। स्वतन्त्रताको उपभोगका नाममा सम्बन्धहरू कोपभाजनमा परेका छन्। कथामा आत्मनिर्भरता र स्व:रूपान्तरणको खोजीले शिरमा डेरा जमाएको पाइन्छ। संवेगका नाममा आवेगात्मक निर्णयले पात्रहरू पश्चातापको भूमरीमा परेका छन्। बाध्यताको उपजका रूपमा बनेका सम्बन्धहरू दोबाटोमा अल्झिएका छन् र सायद कथाकारले यसैलाई समर्थन गर्दै सङ्ग्रहको नामकरण गरिदिएका हुन्— सम्बन्धको दोबाटोमा।
सङ्ग्रहभित्रका २१ थान कथा मध्ये १५औँ कथाको शीर्षक ‘सम्बन्धको अचानो’ रहे तापनि ठ्याक्कै सङ्ग्रहकै नामको कथा शीर्षक समावेश भएको भेटिँदैन। विश्वका अधिकांश नेपालीहरूको बसोवास रहेका देशहरूको प्रासङ्गिक सन्दर्भसँगै मूलतः अमेरिकी भूमि र नेपाली माटोकै परिवेश लपेटिएको छ। प्रहरी सेवामा हुनुले पनि करिब दुई दशकअघिको सशस्त्र द्वन्द्वको सन्दर्भ छुट्ने कुरै भएन र पाठकको रूचि पनि त्यस्तै परिवेशमा बढी भएकाले हुनुपर्छ कथाकार केसीले तटस्थ भएर त्यसलाई समेटेका छन्। यसले कथाकारमा वैश्विक तथा स्थानिय परिवेशसमेत पाठकमाझ सरल ढङ्गले पस्कन सकेकाे छन्।
सङ्ग्रहमा रहेको पहिलो कथा ‘क्यारिबियन फूल मारिया’मा अधिक परिवारमा हुने विखण्डनको समस्या र पीडा पस्केका छन्। हिजोकाे पाकिस्तानी टेलिशृङ्खला हुन् वा तुर्की वा कोरियाली र अधिकांश भारतीय सिरियलमा हजारौँ एपिसोड चल्ने भनेकै यस्तै पारिवारिक विखण्डन र मेलमिलापका सन्दर्भ हुन्।
समाजमा रूप र सौन्दर्यको प्रकट देवतुल्य हुन्छ तर जब सामाजिक संस्कार र सङ्कीर्णताको जालोमा रूमल्लिन्छ तब सबै भताभुङ्ग हुन्छ। ‘अपहरण’ शीर्षकको कथाले यस्तै विषय उठान गरेकाे छ। आफ्नी छोरीले प्रेमविवाह गर्दा अपहरणको आरोपमा फसेको राम स्वरूपको परिवारकै कारण राम नरेशको जीवनलाई पुनर्जीवन दिन सफल भएको नाटकीय परिवेशबाट स्रष्टा केसीले कथालाई सन्देशमूलक बनाएका छन्।
प्रस्तुत कथाकी प्रमुख पात्र मारिया जमैकाकी नागरिक हो। ऊसँगको एउटा संवाद घतलाग्दो छ– ‘म यताबाट पैसा पठाउँछु, …मेरो सानो बच्चा भिडियो कल गर्दा हरेकपटक रून्छ।’
यसै संवादमा प्रदेशिनुकाे पीडा र भविष्यप्रतिको आशावादिता दुवै प्रष्टिन्छ जवाफमा म पात्रले ‘कसैको असीम मायाको आभास लिएर बाँच्नु पनि त प्रेम हो निमारिया! समयसँगै भूमिका त फेरिएला तर मेरो भावनामा तिमी भन्दा परको अर्को कुनै संसार छैन।’ भन्नुले प्रेमको आदर्श, जीवनको मृगतृष्णा अनि सम्झौता र स्वतन्त्रताको मझधारमा अडिएको देखिन्छ।
समाजमा रूप र सौन्दर्यको प्रकट देवतुल्य हुन्छ तर जब सामाजिक संस्कार र सङ्कीर्णताको जालोमा रूमल्लिन्छ तब सबै भताभुङ्ग हुन्छ। ‘अपहरण’ शीर्षकको कथाले यस्तै विषय उठान गरेकाे छ। आफ्नी छोरीले प्रेमविवाह गर्दा अपहरणको आरोपमा फसेको राम स्वरूपको परिवारकै कारण राम नरेशको जीवनलाई पुनर्जीवन दिन सफल भएको नाटकीय परिवेशबाट स्रष्टा केसीले कथालाई सन्देशमूलक बनाएका छन्।
‘आँसुको फूल’ र ‘दिग्भ्रमित यौवन!’दुवै कथामा माया, प्रेम, विवाह, गर्भपतन जस्ता विविधविषयलाई एकसाथ खँदिलो पाराले फरक-फरक सन्दर्भलाई सामान्य ढङ्गले प्रस्तुत गरिएको छ। यस्तै अर्को शीर्षक ‘युद्धका घाउहरू’ ले करिब दुई दशकअघिको सशस्त्र द्वन्द्वकालको सन्दर्भलाई ताजा गराएको छ। नेपालीहरूको संवेदनशीलतामा पलाएको ऐँजेरुले पहिचान दियो कि सङ्कट? पाठकलाई एकपटक घोत्लिन बाध्य बनाउँछ। बिहे गरेर पारिवारिक जीवनको कर्तव्य निर्वाह गर्ने सिँढीमा उक्लँदै गर्दा वर्ष दिन पनि नभई विधवा हुनुपरेको तथ्य सामान्य बनेको थियो। यस्तै हजारौँ मानिसका लाखौँ सपना चकनाचुर भएको समय हो त्यो समय!
‘लिभिङ टुगेदर’मा कथाकार केसीले विषयवस्तु, प्रस्तुति अन्त्यलाई बडाे सन्देशमूलक संयोजन गरेका छन्। झट्ट सुन्दा सामान्य लाग्ने शीर्षकको यो कथाले कथाकारको मौलिकता र परिपक्वताको छनक दिन्छ। भावनात्मक सम्बन्ध, आत्मीय भावको खँदिलोपना र जातीय विभेदले जन्माएका कैयौँ दुर्घटित घटनाहरू पाठकका दिमागमा एकसाथ चलचित्रझैँ नाच्न थाल्छन्। यस्तै ‘अपमानित कोख’शीर्षकको अर्को हृदयस्पर्शी कथा हो। यसमा आमा आफूले नाकमा गलितो फुलीसमेत लाउन नपाए पनि खाइन-खाई गरेर बचत गरेको पैसाबाट बुहारीलाई तिलहरी जोड्ने आमाको मनले पाठकको मुटुमा साँच्चिकै कम्प पैदा गरिदिन्छ। साथसाथै दलित सवाललाई यसमा जस्तै धेरैओटा कथामा कथाकारले यथेष्ट र सघन स्थान दिएर सामाजिक न्यायका पक्षमा वकालत गरेका छन्।
भिडका बिच एक्लो बन्ने सहरिया मनुवा जस्तै हँसिलाअनुहारहरू कति कृत्रिम र कति घृणित छन् जसलाई सुन्दर पोसाकले कुरूपतालाई ढाकेका धेरै सन्दर्भलाई कथाकारले मौलिक ढङ्गले प्रस्तुत गरेका छन्।
यस सङ्ग्रह भित्रका २१ थान कथाका विषयगत विविधतालाई समग्रमा भन्नुपर्दा सामाजिक विभेद, बेरोजगारी, जातीय विभेद, लैङ्गिक हिंसा, अपराध मनोवृत्तिका सन्दर्भ, प्रवासी नेपालीको अमेरिकी जीवन, नियति र भोगाइ, सहरमा बाँच्नका लागि युवतीले गर्नु परेका कष्ट साध्य दुर्नियति, नारी अस्मिता, बदलाको भावना, त्याग जस्ता विविध सन्दर्भ छन्। यस्तै आधुनिक समाजमा चलेका प्रविधिका कुरा, डिपेन्डेन्ट भिसा, लिभिङ टुगेदर, ग्रिनकार्ड, पिआर, डिभोर्स, महिलालाई उपभोगवादी दृष्टिले हेर्ने पितृसत्ता र पुँजीवादी समाज, यौन र यौवनको जालो, वैदेशिक रोजगारीमा गएका लोग्नेहरूका असुरक्षित श्रीमतीहरू,जीवनका विरोधाभासहरू कथामा प्रमुख विषयवस्तु बनेका छन्। भिडका बिच एक्लो बन्ने सहरिया मनुवा जस्तै हँसिलाअनुहारहरू कति कृत्रिम र कति घृणित छन् जसलाई सुन्दर पोसाकले कुरूपतालाई ढाकेका धेरै सन्दर्भलाई
कथाकारले मौलिक ढङ्गले प्रस्तुत गरेका छन्।
उनको पहिलो कृतिमा सम्पूर्णता खोज्नु नितान्त उपयुक्त नहोला तर एउटा पाठकले हरेक कृतिमा पूर्णता खोज्छ नै। सत्रौँ कथा ‘अर्को विवाह गर्नुस् ममी’ कथामा आएका केही सन्दर्भले सङ्ग्रहको शीर्षकलाई समर्थन गरेको छ। सङ्ग्रहका अधिक कथामा परम्परागत वर्णनात्मक शैलीमा लेखक रमाउनु, ‘ओ हेनरी’ शैलीमा आकस्मिक कथालाई टुङ्ग्याइदिनु र केही भाषिक कसरमसर रहनु यसका सीमा हुन्। शिखा बुक्सले बजारमा ल्याएकाे याे कथा संग्रह कथा पठनिय छ।