काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालत हाजिर हुँदैछन्।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दाका लागि उनी काठमाडौँ जिल्ला अदालत हाजिर हुने भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट उनी गत पुस २५ गते धरौटीमा रिहा भएका थिए।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा पनि मुद्दा दर्ताको तयारी भइरहेको छ।
रुपन्देहीमा भने प्रहरीले मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ।