मुगु – मुगुको मुख्य ब्यापारिक केन्द्र गमगढी बजार माघे संक्रान्ति पर्व नजिकिँदै जाँदा मानिसको चहलपहल निकै बढेको छ।
माघीको लागि चाहिने आबश्य सामाग्री खरिदका लागि स्थानीय जनताको गमगढी बजारमा चाप निकै बाक्लिएको हो।
विशेष गरी दैनिक उपभोग्य बस्तुको व्यापार अरू दिन भन्दा फरक नै भएको व्यापारी हरूले बताएका छन्।मुगुको गमगढी बजारमा चहलपहल बढेको छ। जिल्लाका विभिन्न ग्रामीण क्षेत्रबाट माघेसक्रान्तिका लागि चाहने आवश्यक सामग्री किन्न गमगढी आइपुगेका हुन्।

बजारमा तिलको लड्डु, चाकु, घ्यू, तरुल, पिँडालु, हरियो साग, चामल, दाल,मैदा, कुखुरा र खशीको मासुको माग उच्च रहेको व्यवसायीहरूले बताएका छन्। परम्परागत रूपमा मनाइने यो पर्वमा तिल र चाकुको विशेष महत्त्व रहने भएकाले यी वस्तुको मूल्य समेत केही वृद्धि भएको छ।
यस वर्षको माघे संक्रान्तिलाई थप उल्लासमय बनाउन स्थानीय समुदायले जिल्लाका विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम देउडाको आयोजना गर्ने गरिन्छ।
माघे संक्रान्ति पर्व केवल परम्परागत चाडमात्र नभई सामाजिक एकता र सौहार्दता झल्काउने अवसरका रूपमा लिइन्छ। यस अवसरमा जिल्लावासीहरूले एकअर्कामा मिठासपूर्ण सम्बन्ध कायम राख्न परम्परागत भोजन र शुभकामना आदानप्रदान गर्छन्।

भर्खरै
लोकप्रिय






































































































































































































