देशसञ्चार चौतारीमा भाग-७९

‘अनि आनन्द नै आनन्द हुन्छ’

+
-

विश्वकै तेस्रो ठूलो औषधि कम्पनी ‘एब्भे’मा कार्यरत वैज्ञानिक डा. कमलराज ढकाल अमेरिकामा दृष्टि स्नायुविज्ञानमा अनुसन्धान गर्छन्। उनै ढकाल देशसञ्चार चौतारीको यसपटकको अंकमा अतिथि बनेका छन्।

उनले नेपाल बिस्तारै गाउँविहीन हुँदै गइरहेको भन्दै दुख पनि प्रकट गरे। ‘नेपालले तत्काल देश फर्क अभियान सञ्चालन गर्नुपर्छ,’ उनले देशसञ्चार चौतारीका क्रममा भने।

भौतिकशास्त्रमा पीएचडी गर्न अमेरिका पुगेका ढकालले पछिल्लो समयमा दृष्टि स्नायुविज्ञानमा काम गरिरहेका छन्। एब्भेमा उनी औषधिको अनुसन्धान गरिरहेका छन्।

आँखालाई मस्तिष्कको झ्याल भनिने र मस्तिष्क चिहाउने एउटा महत्त्वपूर्ण स्थान आँखा रहेको पनि डा. ढकालले बताए।

मानिसको डिएनए बाँदरसँग ९५ प्रतिशतभन्दा बढी मिल्ने तर यही थोरै प्रतिशतले मान्छेलाई बाँदरभन्दा फरक बनाउने उनले बताए। मानिसको मस्तिष्क एकदमै जटिल र रहस्यमयी हुने उनले बताए। ‘प्रिफ्रन्ट्रल कोर्टेक्स’ अन्य जनावरभन्दा  मानिसमा फरक हुने जसले मानिसलाई विशेष बनाउने उनले बताए।

पूर्वको दर्शन तथा ज्ञान पश्चिमभन्दा निकै विकसित रहेको आफ्नो अध्ययनको निचोड पनि डा. ढकालले सुनाए। ‘हाम्रो दर्शनमा धेरै राम्रो कुरा छ तर कर्मकाण्ड बनाउँदा यसका राम्रा पक्ष लुकेका छन्,’ उनले भने।

मस्तिष्कको प्रत्यारोपण धेरै जटिल विषय भएकाले यो विज्ञानले तत्कालै गर्नसकिने विषय नभएको पनि डा. ढकालले जानकारी दिए। ‍औषधि कम्पनीहरुले तेस्रो विश्वका देशहरुमा प्रयोग गर्न औषधि ल्याउने भन्ने कुरा अहिलेको हकमा सम्भव नरहेको पनि उनले बताए।

गाँजाको औषधीय प्रयोग धेरै भएको पनि डा. ढकालले उल्लेख गरे। ‘ठिक्क राम्रो तरिकाले सेवन गर्दा गाँजाका फाइदा छन्,’ उनले भने।

उनले नेपाल फर्कन आफू तयार रहेको तर यसका लागि कुनै वातावरण आवश्यक पर्ने बताए। ‘गाउँमा कोही पनि नबस्ने घरमा रुँदै बस्ने कुरा पनि भएन,’ उनले भने।

उत्पादनमा जोड नदिने हो भने कुनै पनि देशको विकास नहुने पनि उनले बताए। ‘सामान्य चिज पनि हामी बनाउनसक्दैनौँ, अनि कसरी देशको विकास हुन्छ?’ उनले भने।

‘कसैले माया गरेर वा आइफोन पाएर मात्र आनन्द हुने होइन,’ उनले भने। ‘आनन्द भनेको सत् ‌चित आनन्द हो,’ उनले भने।

ढकालका अनुसार बुद्धि पनि समभाव रहेको अवस्था आनन्दको अवस्था हो। ‘आनन्दमय कोश समाधिको अवस्थामा सक्रिय हुन्छ, बुद्धि प्रयोग गर्न छाडेको अवस्थामा हामी आनन्दको अवस्थामा पुग्छौँ,’ उनले भने।

पूरा भिडियो:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?