कैलालीका ५० हजार किशाेरीलाई पाठेघरकाे क्यान्सरविरुद्धको खाेप लगाइँदै

कैलालीका ५० हजार किशाेरीलाई पाठेघरकाे क्यान्सरविरुद्धको खाेप लगाइँदै
+
-

धनगढी- कैलालीका ५० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदैछ।

१० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने भएको हो। यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप लगाइने कार्यतालिका रहेकाे छ।

हरेक विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीलाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएकाे छ। कार्यालयका अनुसार कैलालीका ७५५ विद्यालयमै पुगेर किशोरीलाई खोप लगाइने छ।

स्वास्थ्य कार्यालय कैलालीले १३ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरि खोप अभियान चलाउने छ। खोप अभियान अन्तर्गत  जिल्लाका करिब ५० हजार किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए।

‘सरकारले सुदूरपश्चिमका सबै जिल्लामा खोप अभियान चलाउने भएको छ। माघ २२ देखि फागुन ६ गतेसम्म कैलालीमा खोप अभियान चल्नेछ’, उनले भने, ‘पछि गएर महिलामा पाठेघरको मुखको क्यान्सर हुन नदिन किशोरीहरूलाई १४ वर्षभित्रै खोप लगाउनुपरेको हो। पाठेघरको क्यान्सर हुन नदिन सरकारले खोप अभियान थालेको हो।’

प्रमुख कुँवरका अनुसार खोप अभियानमा कक्षा ६ देखि १० मा अध्ययनरत किशोरीलाई विद्यालयमै खोप केन्द्र राखेर भ्याक्सिन लगाइनेछ। भविष्यमा पाठेघरको मुखको क्यान्सर हुन नदिन एक मात्रा खोप लगाइने उनले बताए ।

कुँवरले भने, ‘पाठेघरको मुखको क्यान्सरबाट सबैभन्दा बढी महिलाको ज्यान जाने भएकाले क्यान्सर नियन्त्रणका लागि विश्व स्वास्थ्य संघले प्रमाणित र सिफारिस गरेको खोप लगाइने छ ।’

१५ वर्षअघि नै खोप लगाए पाठेघरको क्यान्सर हुँदैन  महिलामा स्तन क्यान्सरपछि पाठेघरको मुखको क्यान्सरको संक्रमण सबैभन्दा बढी हुने गरेको तथ्यांक छ।

क्यान्सरका कारण हुने मृत्युमा पाठेघरको मुखको क्यान्सरबाट सबैभन्दा बढी महिलाको मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?