बिर्तामोड नगर अस्पतालमा इमर्जेन्सी सेवा सुरु

बिर्तामोड नगर अस्पतालमा इमर्जेन्सी सेवा सुरु
+
-

बिर्तामोड- बिर्तामोड नगर अस्पतालमा बुधबारदेखि इमर्जेन्सी सेवा सुरु भएको छ।

२४ घण्टे प्रसूति (नर्मल डेलीभरी) सेवा सञ्चालन हुँदै आएको यस अस्पतालमा बुधबारदेखि इमर्जेन्सी सेवा पनि सुरु भएको हो।

बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिए।

उनका अनुसार बिहान ७ देखि दिउँसो २ बजेसम्म ओपिडि सेवा सञ्चालन हुने र त्यसपछि साँझ ७ बजेसम्म इमर्जेन्सी सेवा लिन सकिने छ।

अस्पतालमा इमर्जेन्सी सेवा लिँदा स्वास्थ्य बीमा बाहेकका सेवाग्राहीले एक सय रुपैयाँको टिकट काट्नु पर्ने व्यवस्था छ।

नगर अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, नवजात शिशु तथा बालरोग विशेषज्ञ, मनोरोग विशेषज्ञ, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ र फिजिसियन डाक्टरहरुको ओपिडी सेवा दैनिक उपलव्ध छ।

यसैगरी २४ सै घण्टा नर्मल डेलीभरी सेवा, स्वास्थ्य विमा सेवा, भिडियो एक्स–रे, एक्स–रे लगायत सर्जरी र आधुनिक ल्याबको समेतको व्यवस्था छ।

२४ सै घण्टा इमर्जेन्सी सेवा सञ्चालन गर्ने तयारी भएपनि सुरुवातमा साँझ ७ बजेसम्म मात्रै सञ्चालन गरिएको बिर्तामोड नगरपालिकाले जनाएको छ।

हाल १५ शैय्याको नगर अस्पताललाई स्तरोन्नतिको लागि भवन निर्माणको काम धमाधम भइरहेको छ ।

१५ करोड ३४ हजार ३ सय ३६ रुपैँयामा भवन निर्माणको काम भइरहेको हो । भवन निर्माण सम्पन्न भएपछि नगर अस्पताल २५ शैय्याको हुनेछ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?