मुगुमा सुत्केरी ब्यथाले च्यापेकी महिलाको हेलिकोप्टरबाट उद्धार

मुगुमा सुत्केरी ब्यथाले च्यापेकी महिलाको हेलिकोप्टरबाट उद्धार
+
-

मुगु – सुत्केरी व्यथा लागेपछि सर्जरी गर्नुपर्ने अवस्थामा पुगेकी छायाँनाथ रारा नगरपालिका–१३ लुमा गाउँकी २५ वर्षीया ठुमा खड्कालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

बुधबार रातिदेखि व्यथाले च्यापेपछि बिहीबार बिहान १० बजे जिल्ला अस्पताल पुर्‍याइएकी खड्काको जिल्ला अस्पतालमा आवश्यक सुविधा नभएकाले सुर्खेतको प्रदेश अस्पतालमा रेफर गरिएको हो।

जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीका अनुसार, बच्चा पाठेघरमा उल्टो अवस्थामा रहेको र दिसा खाएको हुन सक्ने देखिएपछि तुरुन्तै सर्जरी आवश्यक पर्ने भएको थियो। दुई वर्षअघि पनि सर्जरीबाट बच्चा जन्माएकी खड्काको यो दोस्रो आपतकालीन सर्जरी हो।

हिमपात भइरहेका चुनौतीपूर्ण अवस्थामा हेलिकोप्टरमार्फत उद्धार गरी अस्पताल पुर्‍याउन सकिएकोमा खड्काका श्रीमान् राजबहादुर खड्काले आफूलाई ठूलो राहत मिलेको बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’