राखेप बोर्ड बैठक: ओलम्पिक चुनाव अवैध भएको ठहर, दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

राखेप बोर्ड बैठक: ओलम्पिक चुनाव अवैध भएको ठहर, दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित
+
-

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुदको लोगो तथा मस्कट पारीत गरेको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको १ सय १९ औं बोर्ड बैठकले ओलम्पिक चुनावसमेत अवैध भएको ठहर गर्दै कारबाहीका लागि आवश्यक प्रकृया अगाडी बढाउन निर्णयपनि  गरेको छ।

सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कटलाई  उपयुक्त समयमा सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।

बैठकले नेपाल ओलम्पिक कमिटीको चुनाव र साधारण सभा अवैध भएको ठहर गर्दै आवश्यक प्रकृया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ। उसले प्रारम्भिक रुपमा बैंक खाता रोक्का गर्ने प्रकृया सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

साथै ओलम्पिक कमिटीको चुनाव तथा साधारण सभामा सहभागी राष्ट्रिय खेल संघले राखेप समक्ष पेश गरेको स्पष्टिकरण उचित कारण र आधार विना पेश गरेका संघका लागि थप आवश्यक प्रकृया अगाडि बढाउने निर्णय बैठकले गरेको राखेपका सदस्य-सचिव टंकलाल घिसिङले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?