
मुगु – पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) अभियान यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म मुगुमा सञ्चालन गरिने भएको छ।
यो अभियान जिल्लाका चारै स्थानीय तह (छायाँनाथ रारा, सोरु, खत्याड र कार्मारोङ) का सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि १० सम्मका ३ हजार ८ सय ८५ जना छात्राहरुलाई लक्षित गरी एचपिभी खोप सञ्चालन हुने जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा ब्यबस्थापक डाक्टर निर्मल नगरकोटीले जानकारी दिए।
उनले भने, ‘गम्भीर प्रकृतिको एलर्जी, गर्भवती महिलाको लागि यो भ्याक्सिन दिन मिल्दैन। केन्द्रबाट निर्देशिका जारी भएको छ र यही निर्देशिका बाहिर गएर खोप लगाउन नमिल्ने र कक्षा ६ देखि १० सम्मका स्कुले छात्रा र बिद्यालय बाहिरका १० देखि १४ बर्षका बालिकाहरूलाई स्कुलमै (एचपिभी ० पाठेघर मुखको क्यान्सर बिरूद्दको खोप लगाइनेछ र शत प्रतिसत प्रभावकारी खोप छ।’
मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जिल्लास्थित सबै सन्चारकर्मीहरू लगायत सरोकारवाला पक्ष लाई यस अभियानमा सहकार्य गर्न र व्यापक प्रचार प्रसार गर्न आग्रह गरेका छन्।
यो एचपीभी खोप अभियान २०८१ अन्तर्गत मुगुमा पहिलोपटक सञ्चालन गर्न लागिएको हो। अभियानले बालिका हरूको स्वास्थ्य सुधार गर्दै पाठेघर मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय मुगुको यो अभियान सफल पार्नका लागि विद्यालय, अभिभावक र सरोकारवालाहरुलाई सक्रियताका साथ सहभागी हुन जिल्ला अस्पताल मुगुका अस्पताल बिकास समितीका अध्यक्ष गजेन्द्र बहादुर मल्लले सबै सरोकारवाला पक्षलाई जिल्ला स्वास्थ्य कार्यालयमा आईतवार आयोजित सन्चारकर्मी तथा सम्बन्धित सरोकारवाला पक्ष सँग आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त अपिल गरेका हुन्।