पर्सामा स्वास्थ्य संस्थाको शुल्कमा एकरुपता कायम गरिने, तोकियो एम्बुलेन्सको भाडा दर पनि

पर्सामा स्वास्थ्य संस्थाको शुल्कमा एकरुपता कायम गरिने, तोकियो एम्बुलेन्सको भाडा दर पनि
+
-

वीरगञ्ज- पर्सामा रहेका अस्पताल तथा स्वास्थ संस्थाको शुल्कमा एकरुपता कायम गर्ने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवाला एवम् सुरक्षा निकायको उपस्थितीमा बसेको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

बैठकले सरकारी, निजी र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुको सेवा थप सरल,पारदर्शी बनाउने, सरकारबाट स्वीकृत मापदण्ड तथा नीतिहरुको पूर्ण परिपालना गर्ने/गराउने,अस्पताल तथा स्वास्थ्य संस्थाहरुको अनुगमनलाई थप प्रभावकारी बनाउने, अनुगमनको क्रममा विषयविज्ञ तथा नेपाल चिकित्सक संघको समेत प्रतिनिधि सहितको टोली परिचालन गर्ने निर्णय भएको छ ।

यस्तै, अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरुले सेवा, सुविधा, पारिश्रमिक लगायतका विषयमा चासो वा माग राखेकै कारण उनीहरु माथि फरक व्यवहार गर्ने सेवाबाट हटाउने कार्य नगर्ने/नगराउने,स्वास्थ्यकर्मीहरुको आचारसंहित पूर्णपरिपालना गराउने तथा उपचारको क्रममा स्वास्थ्यकर्मीहरु माथि मानसिक र शारिरिक दवाव दिने, संस्थामा तोडफोड गर्ने, हातपात गर्ने जस्ता उत्छृङ्खल क्रियाकलापहरुलाई नियन्त्रण गर्न शून्य सहनशीलताको नीति अपनाउने पनि बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

तोकियोएम्बुलेन्स भाडा दर पनि
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले एम्बुलेन्सको भाडा दर पनि तोकेको छ । बैठकले वीरगञ्ज महानगरको शहरी क्षेत्रबाट सबै अस्पतालहरुमा बिरामी पुर्याउन पाँच सय,वीरगञ्जदेखि भारतको रक्सौलसम्म ६ सय पचास रुपैयाँ भाडा तोकेको छ ।

यस्तै, वीरगञ्जदेखि भरतपुरसम्म सात हजार पाँच सय,काठमाडौंसम्म दस हजार एम्बुलेन्सको भाडा तोकिएको जिल्ला प्रशासनले जनाएको छ ।

यसैगरी, बैठकले पर्सामा संचालित दर्ता नभएका एम्बुलेन्सलाई १५ दिनभित्र जिल्ला एम्बुलेन्स समितीमा दर्ता गर्न, एम्बुलेन्समा जिपिएस सिस्टम लगाउन पनि निर्देशन दिने निर्णय गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?