
मोरङ – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने प्रविधि भित्रिएको छ। अस्पतालले अमेरिकामा निर्मित भेरियन कम्पनीको रेडिएसन थेरापीको ’एज’ नामक उपकरणबाट स्वास्थ्य उपचार सुरु गरेको हो।
अस्पतालका महानिर्देशक दिपेश राईका अनुसार हाल अस्पतालले नेपालमै पहिलो पटक नयाँ फिचरसहितको मेशिन भित्र्याएको हो। सो उपकरणमा रहेको ६ डी काउच, हाइपर आर्क, एचडी एम आईसी, एसआर एस, र एसबी आरटीले शल्यक्रियाबिना नै क्यान्सर सेललाई निर्मूल गर्न सक्नेछ।
त्यसैगरी आईजी आरटी, आईएम आरटी, भीएम एटीजस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेलको मात्र उपचार गर्ने क्षमता राख्दछ।
थेरापीले बिना दुखाइ उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने र फोर डी आरटीसीटी नामक सिटी स्क्यान मेशिनले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउने अस्पतालले जनाएको छ।