
वीरगन्ज- स्कुल बसको ठक्करबाट वीरगन्जमा एक साइकल-यात्रुको मृत्यु भएको छ ।
मंगलबार बिहान ना ५ ख १५०४ नम्बरको बसले ठक्कर दिँदा बाराको फेटा गाउँपालिका-५ बस्ने चोकट भन्ने तैमुदिन मियाँको मृत्यु भएको हो ।
वीरगन्ज महानगरपालिका-१६ स्थित तेजस एकेडेमीको बसले साइकल यात्रु मियाँलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइते उनको नारायणी अस्पतालमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक देव पासवानलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।