
वीरगन्ज – नक्कली पेस्तोल देखाई ठगी गर्ने एक भारतीय रौतहटबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत मोतिहारी ग्राम पञ्चायत खरोही– ४ बस्ने २० बर्षका अब्दुल कलाम रहेका छन्। पक्राउ परेका कलामले नक्कली चाईनिज पेस्तोल (खेलौना) देखाई नेपाल भारत सिमा क्षेत्रमा हिँडडुल गर्ने व्यक्तिहरुलाई डर त्रास देखाई पैसा मांग्ने गरेको भनी सूचना प्रहरीले पाएको थियो।
प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरी टोलीले ईशनाथ नगरपालिका–४ मठियास्थित सिमावर्ती ईलाकाबाट पक्राउ गरिएको रौतहटका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए। पक्राउ परेका कलामको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।