डेढ वर्षपछि कांग्रेसबाटै प्रधानमन्त्रीः निधि

डेढ वर्षपछि कांग्रेसबाटै प्रधानमन्त्रीः निधि
+
-

वीरगन्ज – कांग्रेस–एमाले गठबन्धनभित्र कुनै मतभेद नरहेको कांग्रेस उपसभापति विमलेन्द्र निधिले बताएका छन्।

कांग्रेसको  सय दिने विशेष अभियानअन्तर्गत बारा आएका उनले बिहीबार सदरमुकाम कलैयामा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डेढ वर्षपछि कांग्रेसबाटै प्रधानमन्त्री बन्ने बताए। उनले एमालेले समयमै कांग्रेसलाई सत्ताको नेतृत्व हस्तान्तरण गर्ने बिश्वास व्यक्त गरेका थिए।

उनले भने, ‘प्रतिपक्षी नेताहरुले गठबन्धन धेरै दिन नटिक्ने भने पनि डेढ वर्षपछि नेपाली कांग्रेसबाटै प्रधानमन्त्री बन्ने निश्चित छ।’

उनले २०८४ को चुनाव पनि कांग्रेस नेतृत्वकै सरकारले गराउने दाबी गरे। ‘गठबन्धन टिक्छ, गठबन्धनमा कुनै खतरा छैन,’ उनले भने, ‘पुरानो कुराको चर्चा गर्नुको कुनै फाइदा छैन।’

सरकारको नेतृत्वबारे एमाले र कांग्रेसबीच भएको सम्झौतालाई अगाडि बढाउने संघीय लोकतान्त्रिक गणतन्त्रनात्मक प्रणालीलाई सुदृढ गर्न गर्नुपर्ने कामबारे पार्टीले चलाएको  सयदिने अभियानबाट आएका कुरा केन्द्रलाई जानकारी गराउने निधिले बताए।

बारामा मुख्य भन्सार नभएकाले बढी मात्राको समान भारतबाट ल्याउन भारतीय गाडीहरुको भन्सार गराउन वीरगन्ज र रौतहट जानुपर्ने बाध्यता रहेकाले जिल्लामा रहेका मटिअर्वा,कवही गोठ लगायत छोटि भन्सार नाका हरुलाइ रास्ट्रिय भन्सार नीतिअनुसार अपग्रेड गर्ने बिषयमा पहल गर्ने आश्वासन निधिले दिए।

अन्नको भणडार रहेको मधेस प्रदेशका आठ जिल्लामा मलखादको समस्या,सिंचाइ,बजार ब्यवस्थापनलगायत समस्याका कारण किसान बिस्थापित भएर बिदेश जानुपर्ने अवस्था रहेकोले आफ्नो पार्टीले यो समस्याको समाधानको लागि पहल गर्ने उनकाे भनाइ थियाे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?