वीरगञ्ज- जिल्ला प्रशासन कार्यालय पर्सामा इजलास कक्ष निर्माण गरिएको छ। कार्यालयमा नवनिर्मित इजलास कक्षको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्घाटन गरेका थिए।
इजलास कक्षको निर्माणसँगै सोही कक्षबाट मुद्दाहरूको सुनुवाइ पनि बिहीबारदेखि नै सुरु भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
इजलास कक्षमा सुविधा सम्पन्न कठघरा बनाइएको छ। जिल्ला प्रशासन कार्यालयले हर्ने अभद्र व्यवहार, जुवा ऐनलगायतका मुदाहरुको बहश, पैरवी र फैसला सोही कक्षबाट हुनेछ।
यसअघि जिल्ला प्रशासनमा छुट्टै इजलास कक्ष नहुँदा मुद्दाहरूको सुनुवाइमा असहजता हुँदै आएको थियो। यसैबीच जिल्ला प्रशासन कार्यालयमा बितेको तिन महिनामा ८८ वटा मुद्दाहरू दर्ता भएकोमा ७६ वटा मुद्दाहरू फर्छ्यौट गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार बितेको कार्तिकमा ३४ वटा, मंसिरमा २६ र पुसमा २८ वटा मुद्दाहरू जिल्ला प्रशासनमा दर्ता भएकोमा सो मध्ये यस अवधीमा ७६ वटा मुद्दाहरू फर्छ्यौट गरिएको छ।
यस्तै सोही अवधिमा चार सय ४१ वटा ठाडाे उजुरी पनि दर्ता भएको जिल्ला प्रशासनले जानकारी दिएको छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































