मुगु – जिल्लाका चार वटै भेगका स्थानीयहरू खेतीपातीमा सक्रिय भए पनि दैनिकी गुजाराका लागि आयातित चामलमा निर्भर रहन बाध्य भएका छन्। कठिन भूगोल, पर्याप्त सिंचाइको अभाव र आधुनिक कृषि प्रविधिको कमीका कारण यहाँको कृषि उत्पादनले माग धान्न सकेको छैन।
जिल्लाका स्थानीय बासिन्दाले भने, ‘यहाँ उत्पादन हुने अन्नले ६ महिना पनि टिक्दैन। बजार र नेपाल सरकारको अनुदानमा बितरित चामलकै भर पर्नुपर्छ।’ मुगुमा सरकारले उपलब्ध गराएको सहुलियतको चामल भने ठूलो राहतको स्रोत बनेको छ।
कृषि विज्ञहरूका अनुसार, यदि स्थानीय स्तरमा सिंचाइ व्यवस्थापन, बीउबिजनको सुधार र आधुनिक प्रविधि भित्र्याउने पहल गरिएमा मुगुमा कृषि उत्पादन बढाउन सकिन्छ। तर, हाललाई मुगु बासीहरू आयातित चामलमै निर्भर रहेर जीवन निर्वाह गरिरहेका छन्।
‘खेतीपातीबाट उत्पादित अन्नले मात्र बर्षभरि खान पुग्दैन त्यसैले चामल नकिनी सुखै छैन।’ छायाँनाथ रारा नगरपालिका –१ निवासी सिपा हितानले बताए। उनले भने, ‘सरकारले अनुदानमा चामल दिनुभन्दा कृषि उत्पादनमा बृद्दि हुने खालका कार्यक्रम लाई प्राथमिकता दिनु पर्छ।’

छायाँनाथ राराकै अर्का कृषक नन्दबहादुर मल्लका अनुसार सरकारी अनुदान बास्तबिक कृषकले पाउँदैनन्। राजनीतिक पहुँच र पावरको भरमा योजना छनौट गरिन्छ, वास्तविक कृषक नभएर हुनेखाने अरू पेसा ब्यबसायमा लागेका र खेतीपाती र पशुपालन नगर्ने खालका ब्यक्तिहरूले अनुदानका कृषि सामग्रीलगायत योजना पाउने गर्छन्।
सरकारले कृषि सुधारका लागि बास्तबिक कृषकहरू पहिचाहन गरि उनीहरूको संरक्षण गर्न सकेमात्र मुगुमा कृषि उत्पादनमा बृद्दि भई आयतित चामल लगायत कृषि जन्य बस्तुको उपभोग गर्ने स्ख्यामा कमि आउनने अपेक्षा गरिएको छ। यसका लागि स्थानिय, प्रदेश र संघिय सरकारले ठोस कदम चालेको खण्डमा मात्र मुगु बासीहरूको जीवनस्तरमा सुधार ल्याउन सकिने विशेषज्ञहरूको भनाइ छ।

भर्खरै
लोकप्रिय






































































































































































































