
वीरगञ्ज- पर्सामा चालू आर्थिक बर्षको पछिल्लो तीन महिनामा ६ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आवको बितेको कार्तिक, मंसिर पुस महिनामा ६ जनाले नेपाली नागरिकता परित्याग गरेका हुन् ।
जिल्ला प्रशासनका अनुसार कार्तिक,मंसिर र पुसमा दुई/दुई जना गरि ६ जनाले नागरिकता परित्याग गरेका हुन । गतको आर्थिक बर्ष २०८०/८१ मा पनि यहि अवधिमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका थिए ।
यस्तै चालू आर्थिक बर्षको ६ महिनामा भने कुल १२ जनाले पर्साबाट लिएको नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासनको तथ्यांकमा जनाइएको छ ।
चालु आवको साउन महिनामा चारजना, भदौ र असोजमा एक/एक जनाले नागरिकता परित्याग गरिसकेका छन । विदेशमा गएर उतै बस्ने भएपछि त्यस्ता ब्यक्तिले नागरिकता परित्याग गर्ने गरेका छ्न् । यस्तै बितेको तीन महिनामा दुई हजार नौ सय जनाले पर्साबाट नयाँ नेपाली नागरिकता लिएका छन् ।
दुई हजार ७९ जनाले नागरिकताको प्रतिलिपी जिल्ला प्रशासन बाट लिएका छन् ।बितेको कार्तिक महिनामा आठ सय ९१ जनाले नयाँ नागरिकता लिँदा, मंसिरमा नौ सय ५६ र पुस महिनामा एक हजार ५३ जनाले नयाँ नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले नयाँ भवनबाट सेवा दिन थालेसँगै प्रशासनमा हुने काम पहिलेको भन्दा छिटो छरितो हुन थालेको सेवाग्राहीहरु बताउँछन् ।